प्रेस चौतारीका तीन पदाधिकारी पदमुक्त « Khabarhub

प्रेस चौतारीका तीन पदाधिकारी पदमुक्त


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रेस चौतारी नेपालले उपाध्यक्ष विश्वमणि सुवेदीसहित तीन पदाधिकारीलाई पदमुक्त गरेको छ ।

चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले हालै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा अवाञ्छित र अनाधिकृत रुपमा अन्य पक्षसँग मिलेर सङ्गठनका मूलधारका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको जनाउँदै कारवाही गरेको हो ।

बैठकले वाग्मती प्रदेशका उपाध्यक्ष सुवेदी, सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष नरेन्द्र साउद र महासचिव राजेश राईलाई साधारण सदस्यता कायम रहने गरी पदमुक्त गरेको अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकले उपमहासचिव हीरामान लामालाई विधानबमोजिम कार्यवाहक महासचिवको जिम्मेवारी दिएको तथा आजको बैठकमा अनुपस्थित उपमहासचिव रामकुमार एलन, सचिव अमृतनाथ तिमिल्सना र सुरोजङ्ग पाण्डेलाई यही वैशाख ३ गतेको सचिवालयको बैठकमा अनिवार्यरुपमा उपस्थित हुन निर्देशन गरेको छ । यस्तै जिल्लास्तरमा गरिनुपर्ने कारवाही र सङ्गठन विस्तारका लागि सम्बन्धित प्रदेश समितिलाई अख्तियारी दिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ९ : ४६ बजे

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी