काठमाडौँमा भीषण हावाहुरी, ठाउँ-ठाउँमा विद्युत सेवा अवरुद्ध « Khabarhub

काठमाडौँमा भीषण हावाहुरी, ठाउँ-ठाउँमा विद्युत सेवा अवरुद्ध


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा विहीबार राति भीषण हावाहरी चलेको छ । राति करिव ९ बजेपछि हावाहुरी चलेको हो ।

हावाहुरी चलेपछि उपत्यकाका अधिकांश ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ ।

हावाहुरी सँगै आकाशमा बिजुली चम्किए पनि वर्षा भने भएको छैन । हावाहुरी चल्न थालेपछि सडकमा सवारी साधन चलेका छैनन् ।

नेपाल विद्युत प्राधिकरणले हावाहुरीसँगै राजधानीका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको जनाएको हो ।

हावाहुरीले सम्भावित क्षति नहोस् भनेर विद्युत सेवा बन्द गरिएको प्राधिकरणले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति नै देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रममा रहेको जनाउँदै सर्तक रहन अनुरोध गरेको छ ।

महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको जनाएको छ।

देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ९ : ४७ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक