काठमाडौँमा भीषण हावाहुरी, ठाउँ-ठाउँमा विद्युत सेवा अवरुद्ध | Khabarhub Khabarhub

काठमाडौँमा भीषण हावाहुरी, ठाउँ-ठाउँमा विद्युत सेवा अवरुद्ध


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा विहीबार राति भीषण हावाहरी चलेको छ । राति करिव ९ बजेपछि हावाहुरी चलेको हो ।

हावाहुरी चलेपछि उपत्यकाका अधिकांश ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ ।

हावाहुरी सँगै आकाशमा बिजुली चम्किए पनि वर्षा भने भएको छैन । हावाहुरी चल्न थालेपछि सडकमा सवारी साधन चलेका छैनन् ।

नेपाल विद्युत प्राधिकरणले हावाहुरीसँगै राजधानीका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको जनाएको हो ।

हावाहुरीले सम्भावित क्षति नहोस् भनेर विद्युत सेवा बन्द गरिएको प्राधिकरणले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति नै देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रममा रहेको जनाउँदै सर्तक रहन अनुरोध गरेको छ ।

महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको जनाएको छ।

देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ९ : ४७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र