भारतमा महामारी नियन्त्रणमा नआउनु चिन्ताजनक : डब्ल्युएचओ « Khabarhub

भारतमा महामारी नियन्त्रणमा नआउनु चिन्ताजनक : डब्ल्युएचओ


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भारतमा कोरोना भाइरसको महामारी नियन्त्रणमा नआउनुले निकै चिन्ताजनक अवस्था सृजना गरेको जनाएको छ ।

डब्ल्युएचओ प्रमुख डा. टेड्रोस अदोनम गेब्रियसेसले भारतका कयौं राज्यमा अहिले पनि संक्रमणदर नघटेको, अस्पतालहरूले बिरामी थेग्न नसकेको र संक्रमितको मृत्यु बढिरहनु धेरै चिन्ताको विषय भएको बताएका छन् ।

अघिल्लो वर्ष फैलिएको भन्दा यो वर्षको महामारी निकै खतरनाक र ज्यान लिने खालको भएकाले गम्भीरताका साथ यसको नियन्त्रणमा राज्य संयन्त्र पूर्णरूपमा लगाउन उनले भारत सरकालाई आग्रह पनि गरेका छन् ।

संक्रमणले भारतमा मात्र नभई नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड र इजिप्टमा पनि अब आपतकालीन स्थिति निम्त्याएको टेड्रोसले बताएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ११ : ३० बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा