शनिबार खान नहुने यी ५ खानेकुरा « Khabarhub

शनिबार खान नहुने यी ५ खानेकुरा


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनी ग्रह, नौ ग्रहहरु मध्ये एक हो र शनिबार शनी ग्रहसंग सम्बिन्धित रहेको छ । शनीदेवलाई न्यायका देवता मानिन्छ तथापी शनीको नामबाट धेरै डराउने गर्दछन् ।

कुण्डलीमा शनीसंग सम्बन्धित कुनै दोष भएमा यस्ता व्यक्तिले शनीदेवलाई प्रसन्न पार्नु पर्ने धार्मीक विश्वास छ । यसकालागी शनीको उपासनाका साथै केहि कुरामा विशेष ध्यान दिनुपर्ने धार्मीक मान्यता छ । मान्यता अनुसार शनीबार केहि चीजको सेवन गर्नु हुदैँन ।

१. दूध दही
सेतो रंगको हुने भएकाले दूधको सम्बन्ध शुक्र ग्रहसंग हुन्छ । शुक्र र शनीको प्रकृती एकअर्काको विरोधी हुन्छ । तसर्थ शनिबार दूध र दहिको सेवनबाट बच्नु पर्दछ । यसको सट्टा दूधमा केसर, सख्खर वा बेसार मिसाएर पिउन सकिने धार्मीक मान्यता छ ।

२. अचार
शनिबार अमिलो र अचार खान नहुने धार्मीक मान्यता छ । शनीदेवलाई अमिलो मन नपर्ने भएकाले ज्योतिषीय दृष्टिले शनिबार यस प्रकारका स्वाद भएका परिकार खादाँ अशुभ प्रभाव पर्ने धार्मीक मान्यता छ ।

३. रातो खुर्सानी
रातो हुने भएकाले रातो खुर्सानीको सम्बन्ध मंगल र सूर्य ग्रहसंग हुन्छ । तर यी ग्रह शनीको विरोधी मानिन्छ । साथै पिरो स्वाद शनीदेवले मन नपराउने भएकाले सम्भव भएसम्म शनिबार रातो खुर्सानीको सेवन गर्नबाट बच्नु पर्ने धार्मीक मान्यता छ ।

४. मुसूरी दाल
ज्योतिष शास्त्र अनुसार शनिबार मुसूरीको दालको सेवन गर्न नहुने मान्यता छ । मुसूरी दालको रंग पनि रातो हुने भएकाले यो पनि शनीदेवलाई मन पर्दैन । त्यसैले शनिबार यो दाल खाएमा यसले प्रतिकुल असर गर्ने र स्वभावमा क्रोध बढ्ने धार्मीक मान्यता छ ।

५. माछामासु र मदिरा
शनिबार माछामासु र मदिरा खान नहुने मान्यता छ । शनीले शान्त र आध्यात्मिक व्यवहार रुचाउने भएकाले शनिबार यस प्रकारको पदार्थ र भोजन गर्न नहुने मान्यता छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ११ : ४० बजे

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको