फर्निचर किन्दा ध्यान दिनुहोस् | Khabarhub Khabarhub

फर्निचर किन्दा ध्यान दिनुहोस्


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तु शास्त्रमा केवल घरको निर्माण वा दिशासंग जोडिएका जानकारी मात्र होइन, घरमा राख्ने सामानका बारेमा पनि महत्वपूर्ण जानकारी दीइएको छ । वास्तु अनुसार केवल जीवित प्राणिबाट मात्र होइन, हरेक वस्तुबाट एक विशेष प्रकारको ऊर्जा निस्कने गर्दछ ।

वास्तुमा कुन चीज कहाँ र कसरी कुन दिशामा राख्नु पर्दछ त्यसबारे पनि उल्लेख हुन्छ । यस्तोमा घरको महत्वपूर्ण हिस्सा मानिने फर्निचर बारेमा पनि वास्तुमा जानकारी छ । वास्तु अनुसार यदि घरमा फर्निचर गलत दिशा वा तरीकाले राखे आर्थिक हानी हुनसक्छ ।

१. नयाँ फर्निचर किन्दा मंगलवार, शनिवार र औंसीको दिन भूलेर पनि किन्नु हुदैन । यी दिन फर्निचर किनेमा घरमा नकारात्मकता उर्जा हावी हुने गर्दछ ।

२. घरको कोठामा आवश्यकता अनुसारको ठिक्क आकारको फर्निचर किन्नु पर्दछ । पुरै कोठा फर्निचरले भरीए वा कोठामा खाली ठाउँ नभरीए यसले पनि नकारात्मक उर्जा बढ्ने आशंका हुन्छ ।

३. फर्निचर किन्दा कुन काठले बनेको हो त्यसबारे पनि जानकारी लिन आवश्यक छ । सिसौ, अशोक, साल, नीम लगायतका काठको फर्निचर किन्नु राम्रो हुन्छ । तर पीपल वा बरको काठको फर्निचर किन्नु हुदैँन ।

४. वास्तु अनुसार घरको सबैभन्दा भारी फर्निचरलाई हमेशा दक्षिण र पश्चिम दिशामा मात्र राख्नु पर्दछ । घरको उत्तर र पूर्व दिशामा सकेसम्म हल्का र खुला राख्नु पर्दछ ।

५. हुनत फर्निचर बारे सबैको रोजाई फरक फरक हुन्छ । तर वास्तु अनुसार वर्गाकार वा चारपाटे फर्निचर मात्र किन्नु पर्दछ । त्रिभुज, गोलाकार वा अण्डाकार आकारको फर्निचर नकिन्नु नै राम्रो हुन्छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १ : ४८ बजे

ताप्लेजुङको घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा

प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

हुम्ला– सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै

चालु आर्थिक वर्षको चौमासिक अवधि  ः २५ स्थानीय तह अझै बजेटविहीन

काठमाडौं– चालु आर्थिक २०८२–०८३ को चार महिना पूरा भए पनि

भोजपुरको खकुवाखोलामा पुल बनेपछि स्थानीयलाई सहज

भोजपुर– ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका भोजपुरका

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि