फर्निचर किन्दा ध्यान दिनुहोस् « Khabarhub

फर्निचर किन्दा ध्यान दिनुहोस्


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तु शास्त्रमा केवल घरको निर्माण वा दिशासंग जोडिएका जानकारी मात्र होइन, घरमा राख्ने सामानका बारेमा पनि महत्वपूर्ण जानकारी दीइएको छ । वास्तु अनुसार केवल जीवित प्राणिबाट मात्र होइन, हरेक वस्तुबाट एक विशेष प्रकारको ऊर्जा निस्कने गर्दछ ।

वास्तुमा कुन चीज कहाँ र कसरी कुन दिशामा राख्नु पर्दछ त्यसबारे पनि उल्लेख हुन्छ । यस्तोमा घरको महत्वपूर्ण हिस्सा मानिने फर्निचर बारेमा पनि वास्तुमा जानकारी छ । वास्तु अनुसार यदि घरमा फर्निचर गलत दिशा वा तरीकाले राखे आर्थिक हानी हुनसक्छ ।

१. नयाँ फर्निचर किन्दा मंगलवार, शनिवार र औंसीको दिन भूलेर पनि किन्नु हुदैन । यी दिन फर्निचर किनेमा घरमा नकारात्मकता उर्जा हावी हुने गर्दछ ।

२. घरको कोठामा आवश्यकता अनुसारको ठिक्क आकारको फर्निचर किन्नु पर्दछ । पुरै कोठा फर्निचरले भरीए वा कोठामा खाली ठाउँ नभरीए यसले पनि नकारात्मक उर्जा बढ्ने आशंका हुन्छ ।

३. फर्निचर किन्दा कुन काठले बनेको हो त्यसबारे पनि जानकारी लिन आवश्यक छ । सिसौ, अशोक, साल, नीम लगायतका काठको फर्निचर किन्नु राम्रो हुन्छ । तर पीपल वा बरको काठको फर्निचर किन्नु हुदैँन ।

४. वास्तु अनुसार घरको सबैभन्दा भारी फर्निचरलाई हमेशा दक्षिण र पश्चिम दिशामा मात्र राख्नु पर्दछ । घरको उत्तर र पूर्व दिशामा सकेसम्म हल्का र खुला राख्नु पर्दछ ।

५. हुनत फर्निचर बारे सबैको रोजाई फरक फरक हुन्छ । तर वास्तु अनुसार वर्गाकार वा चारपाटे फर्निचर मात्र किन्नु पर्दछ । त्रिभुज, गोलाकार वा अण्डाकार आकारको फर्निचर नकिन्नु नै राम्रो हुन्छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १ : ४८ बजे

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको