कोरोना कहरले राप्रपाको महाधिवेशन स्थगित | Khabarhub Khabarhub

कोरोना कहरले राप्रपाको महाधिवेशन स्थगित


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणको दर बढेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित भएको छ। राप्रपाका तीनैजना अध्यक्षसहित शनिबार बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै आगामी जेठ २२–२५ सम्म काठमाडौँमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ।

महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने पनि पार्टीले जनाएको छ।

बैठकले कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ।

संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमिका कारण मृत्युदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनीतिक पहल गरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपाले सरकारसँग माग गरेको छ।

नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामर्थ्य प्रयोग गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  २ : २५ बजे

प्रतिनिधिसभाको विषयगत समितिमा सांसद हेरफेर

काठमाडौं– प्रतिनिधिसभाका विषयगत समितिमा सांसदहरू हेरफेर भएका छन् ।  प्रतिनिधिसभाको

अमरेशले ७२ जिल्ला अरू देशलाई लिजमा दिऊँ भनेपछि संसद्‍मा लफडा

काठमाडौं- प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले बजेट पाउने

राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौं– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध र राष्ट्रिय

उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक हुँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको

मकैमा फौजी कीराको समस्या, विषादी अभाव

बैतडी– यहाँको प्रमुख खाद्यबालीका रूपमा रहेको मकैमा  अमेरिकन फौजी कीराको