निषेधाज्ञा उल्लंघन गर्ने ९४५ सवारी चालकलाई कारबाही | Khabarhub Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने ९४५ सवारी चालकलाई कारबाही


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ९४५ सवारी चालकलाई कारबाही गरिएको छ ।

शनिबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ९ सय ४५ वटा सवारी साधनलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ ।

जसमध्ये ७ सय २७ वटा २ पाङग्रे, १ सय ५४ ओटा चारपाङ्ग्रे, ट्याक्सी २० र ४४ वटा अन्य ठूला सवारी साधन रहेका छन् ।

निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकाका सडकमा सवारी आवागमन निकै न्यून छ । काठमाडौँ उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आगामी जेठ १३ गतेसम्म कायम छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ४ : ०० बजे

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान

सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर

सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका