निषेधाज्ञा उल्लंघन गर्ने ९४५ सवारी चालकलाई कारबाही « Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने ९४५ सवारी चालकलाई कारबाही


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ९४५ सवारी चालकलाई कारबाही गरिएको छ ।

शनिबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ९ सय ४५ वटा सवारी साधनलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ ।

जसमध्ये ७ सय २७ वटा २ पाङग्रे, १ सय ५४ ओटा चारपाङ्ग्रे, ट्याक्सी २० र ४४ वटा अन्य ठूला सवारी साधन रहेका छन् ।

निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकाका सडकमा सवारी आवागमन निकै न्यून छ । काठमाडौँ उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आगामी जेठ १३ गतेसम्म कायम छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ४ : ०० बजे

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय