जुवा अड्डामा प्रहरीको छापा, पाँच जना पक्राउ « Khabarhub

जुवा अड्डामा प्रहरीको छापा, पाँच जना पक्राउ


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रागिरि नगरपालिका–१३ किटनी भञ्ज्याङस्थित सफल भ्याली भ्यू रेष्टुरेन्ट्बाट प्रहरीले जुवातास (सट्टाबाजी) खेली रहेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले सफल भ्याली भ्यू रेष्टुरेन्ट एण्ड रिसोर्टको उत्तर मोहोडातर्फ रहेको चेन्जिङ कोठाभित्र अवैध रुपमा जुवातास खेलिरहेका पाँच जना जुवाडेलाई पक्राउ गरेको हो ।

प्रहरीको विशेष स्रोतका अनुसार कोरोना महामारीकाबीच अवैध तवरबाट जुवा खेलाईरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सुरूमा सिभिल प्रहरी परिचालित थिए । त्यसपछि तास खेलिरहेको यकिन भएपछि प्रहरीले जुवा अड्डामा छापा हान्दै पाँच जना जुवाडे पक्राउ गर्न सफल भएको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला काठमाडौँ नागार्जुन न.पा. वडा नं. ५ घर हुने बर्ष ५० को भाईराजा शाह ठकुरी, जिल्ला काठमाडौँ नागार्जुन न.पा. वडा नं. ५ घर हुने बर्ष ५० को मीनबहादुर रजाल, जिल्ला काठमाडौं नागार्जुन न.पा वडा नं. १० घर हुने वर्ष २६ को पर्वत खड्का, जिल्ला काठमाडौं नागार्जुन न.पा. वडा नं. ५ घर हुने वर्ष ४७ को कृष्ण बिडारी र जिल्ला काठमाडौं नागार्जुन न.पा. वडा नं. ५ घर हुने बर्ष ३७ को कुमार लामा छन् ।

पक्राउ परेकाको साथबाट तास ५२ पत्ति, तास खेल्न प्रयोग गरिएको मण्डी थान १ र जम्मा नगद रकम १ लाख ५ हजार ५ सय समेत बरामद गरिको प्रहरीले जनाएको छ । पाँच जनालाई जुवा ऐनअन्तर्गत म्याद थप गरि कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ८ : १५ बजे

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै