जुवा अड्डामा प्रहरीको छापा, पाँच जना पक्राउ « Khabarhub

जुवा अड्डामा प्रहरीको छापा, पाँच जना पक्राउ


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रागिरि नगरपालिका–१३ किटनी भञ्ज्याङस्थित सफल भ्याली भ्यू रेष्टुरेन्ट्बाट प्रहरीले जुवातास (सट्टाबाजी) खेली रहेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले सफल भ्याली भ्यू रेष्टुरेन्ट एण्ड रिसोर्टको उत्तर मोहोडातर्फ रहेको चेन्जिङ कोठाभित्र अवैध रुपमा जुवातास खेलिरहेका पाँच जना जुवाडेलाई पक्राउ गरेको हो ।

प्रहरीको विशेष स्रोतका अनुसार कोरोना महामारीकाबीच अवैध तवरबाट जुवा खेलाईरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सुरूमा सिभिल प्रहरी परिचालित थिए । त्यसपछि तास खेलिरहेको यकिन भएपछि प्रहरीले जुवा अड्डामा छापा हान्दै पाँच जना जुवाडे पक्राउ गर्न सफल भएको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला काठमाडौँ नागार्जुन न.पा. वडा नं. ५ घर हुने बर्ष ५० को भाईराजा शाह ठकुरी, जिल्ला काठमाडौँ नागार्जुन न.पा. वडा नं. ५ घर हुने बर्ष ५० को मीनबहादुर रजाल, जिल्ला काठमाडौं नागार्जुन न.पा वडा नं. १० घर हुने वर्ष २६ को पर्वत खड्का, जिल्ला काठमाडौं नागार्जुन न.पा. वडा नं. ५ घर हुने वर्ष ४७ को कृष्ण बिडारी र जिल्ला काठमाडौं नागार्जुन न.पा. वडा नं. ५ घर हुने बर्ष ३७ को कुमार लामा छन् ।

पक्राउ परेकाको साथबाट तास ५२ पत्ति, तास खेल्न प्रयोग गरिएको मण्डी थान १ र जम्मा नगद रकम १ लाख ५ हजार ५ सय समेत बरामद गरिको प्रहरीले जनाएको छ । पाँच जनालाई जुवा ऐनअन्तर्गत म्याद थप गरि कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ८ : १५ बजे

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल