२४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ हजार बढीलाई कारवाही « Khabarhub

२४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ हजार बढीलाई कारवाही


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ५ हजार भन्दा बढीलाई कारवाही गरिएको छ ।

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ९५ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको नेपाल प्रहरीले जनाएको हो ।

यसै अवधिमा ७ सय ५ वटा गाडी र १ हजार ५ सय १४ वटा मोटरसाइकल गरी २ हजार २ सय १९ वटा सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ हजार ११ जनालाई निःशुल्क मास्क पनि वितरण गरिएको नेपाल प्रहरीका प्रवक्ता समेत रहेका (प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी) बसन्त बहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ६ सय ७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना पनि गरिएको छ । साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत १७ हजार ३ सय ५१ जनालाई सचेत गराईएको प्रवक्ता कुँवरले बताए ।

निषेधाज्ञा कार्यान्वयनलाई प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १० : ४४ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक