पाकिस्तानमा गदानी बिष्फोटमा ज्यान गुमाएकाहरुलाई चार वर्षपछि क्षतिपूर्ति « Khabarhub

पाकिस्तानमा गदानी बिष्फोटमा ज्यान गुमाएकाहरुलाई चार वर्षपछि क्षतिपूर्ति


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- पाकिस्तानमा बलोचिस्तान स्थानीय सरकारले गदानी बिष्फोटमा ज्यान गुमाएका परिवारहरुलाई चार वर्षपछि क्षतिपूर्ति दिएको छ ।

बलोचिस्तान सरकारले सन् २०१६ नोभेम्बर १ मा गदानी तेल ट्यांकरमा भएको बिष्फोटमा ज्यान गुमाएका हरुको प्रत्येक परिवारलाई पाँच लाख पाकिस्तानी रुपैँया क्षतिपूर्ति दिएको छ ।

हाल २१ परिवारहरुले क्षतिपूर्ति पाएका हुन् । बिष्फोटमा २९ जना कामदारको ज्यान गएको थियो भने ५० जना भन्दा बढी घाइते भएका थिए । तीन दिनसम्म नियन्त्रणमा नआएको यो बिष्फोट लाई हाल सम्मकै प्राणघातक औधोगिक विपतमध्ये एक मानिन्छ ।

सो क्षेत्रमा गत मार्चमा पनि एक घटना हुँदा दुई जना कामदारहरुको ज्यान गएको तर नजिकै क्षेत्रमा कुनै पनि अस्पताल वा स्वास्थ्य सुविधा क्षेत्र नभएको स्थानीयले बताए ।

सरकारले सो क्षेत्रमा कामदारहरु लक्षित अस्पताल बनाउने बताएपनि हाल सम्म काम नगरेको र आकस्मिक अबस्थामा पचास किलोमिटर टाढा कराँची सम्म पुग्नु पर्ने अबस्था रहेको छ । स्रोत पञ्जाब ट्रिब्युन

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १० : १० बजे

अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र