पाकिस्तानमा गदानी बिष्फोटमा ज्यान गुमाएकाहरुलाई चार वर्षपछि क्षतिपूर्ति « Khabarhub

पाकिस्तानमा गदानी बिष्फोटमा ज्यान गुमाएकाहरुलाई चार वर्षपछि क्षतिपूर्ति


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- पाकिस्तानमा बलोचिस्तान स्थानीय सरकारले गदानी बिष्फोटमा ज्यान गुमाएका परिवारहरुलाई चार वर्षपछि क्षतिपूर्ति दिएको छ ।

बलोचिस्तान सरकारले सन् २०१६ नोभेम्बर १ मा गदानी तेल ट्यांकरमा भएको बिष्फोटमा ज्यान गुमाएका हरुको प्रत्येक परिवारलाई पाँच लाख पाकिस्तानी रुपैँया क्षतिपूर्ति दिएको छ ।

हाल २१ परिवारहरुले क्षतिपूर्ति पाएका हुन् । बिष्फोटमा २९ जना कामदारको ज्यान गएको थियो भने ५० जना भन्दा बढी घाइते भएका थिए । तीन दिनसम्म नियन्त्रणमा नआएको यो बिष्फोट लाई हाल सम्मकै प्राणघातक औधोगिक विपतमध्ये एक मानिन्छ ।

सो क्षेत्रमा गत मार्चमा पनि एक घटना हुँदा दुई जना कामदारहरुको ज्यान गएको तर नजिकै क्षेत्रमा कुनै पनि अस्पताल वा स्वास्थ्य सुविधा क्षेत्र नभएको स्थानीयले बताए ।

सरकारले सो क्षेत्रमा कामदारहरु लक्षित अस्पताल बनाउने बताएपनि हाल सम्म काम नगरेको र आकस्मिक अबस्थामा पचास किलोमिटर टाढा कराँची सम्म पुग्नु पर्ने अबस्था रहेको छ । स्रोत पञ्जाब ट्रिब्युन

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १० : १० बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको