आज सातै प्रदेशले बजेट ल्याउँदै,  प्राथमिकतामा महामारी नियन्त्रण « Khabarhub

आज सातै प्रदेशले बजेट ल्याउँदै,  प्राथमिकतामा महामारी नियन्त्रण


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दैछन् ।

असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सातै प्रदेशले आज बजेट सार्वजनिक गर्न लागेका हुन्।

गण्डकी र कर्णाली प्रदेश बाहेकका पाँच प्रदेशले नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, संक्रमितको उपचारलगायतका विषयलाई प्राथमिकतामा राखेकाले बजेट पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आउनेछ ।

प्रदेश सत्ता समीकरणमा भएको बदलावले नीति तथा कार्यक्रम पारित गरिनसकेका गण्डकी र कर्णालीले पनि आजै नीति तथा कार्यक्रम पारित गरेर अपराह्न ४ बजेसम्म बजेट ल्याउने तयारी गरेका छन् ।

लुम्बिनीमा ३८ अर्बको बजेट

आइतबार नीति तथा कार्यक्रम पास गरेको लुम्बिनी प्रदेश प्रदेश सरकारले  ३८ अर्ब हाराहारीमा बजेट ल्याउँने तयारी गरेको छ ।

प्रदेश सरकार गठन भएपछिका तीन वटा बजेट ल्याइसकेका मुख्यमन्त्री शंकर पोखेरेलले आगामी आर्थिक बर्षको बजेट कोभिड लक्षित स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइँने जनाएका छन् ।

प्रदेशका योजना आयोगका उपाध्यक्ष प्रा.डा ईश्वर गौतमका अनुसार बजेट गत वर्षको भन्दा केही बढेर आउने छ । चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको थियो ।

रोजगार सिर्जना लक्षित कृषि कार्यक्रम र सञ्चालनमा रहेका परियोजनाहरुलाई पूर्णता दिने गरि बजेट आउने गौतमले बताए  । डा. गौतमले बजेटमा अघिल्ला बर्षहरुमा जस्तो नयाँ ठूला आयोजनाहरु समावेश नगरिएको पनि जानकारी दिए । सरकारले चालु आर्थिक वर्षको बजेट पनि स्वास्थ्य, कृषिलाई नै प्राथमिकतामा राखेर ल्याएको थियो ।

बजेट प्रस्तुत गर्न अपराह्न तीन बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट वक्तव्य प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ४० बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै