राखेप सदस्यसचिव सिलवाल ‘रक्सी र केटी भनेपछि हुरुक्कै हुने’ मन्त्री मनाङेको दाबी, राखेपद्वारा कारबाहीको माग « Khabarhub

राखेप सदस्यसचिव सिलवाल ‘रक्सी र केटी भनेपछि हुरुक्कै हुने’ मन्त्री मनाङेको दाबी, राखेपद्वारा कारबाहीको माग


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल ‘रक्सी र केटी भनेपछि हुरुक्कै हुने’ दाबी गरेका छन् ।

पत्रकारहरुसँग मन्त्री मनाङेले सदस्य सचिव सिलवाल र परिषद सदस्य राजेश गुरुङका सम्बन्धमा उक्त अभिव्यक्ति दिएका हुन् । यही अभिव्यक्तिको भिडियो क्लिपहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

मन्त्री गुरुङले पत्रकारहरुसँग कुरा गर्दै यसो भनेका थिए-

….. सिलवाल र मोटे जत्तिका ठग मान्छे त मैले देखेकै छैन, उनीहरुको सम्बन्ध राम्रो छ । सिलवाल यहाँ आउने, मोज गर्ने । सिलवाल भनेको रक्सी र केटी भनेपछि पागल हुने । मान्छेले भन्न अप्ठ्यारो मान्ला तर के गर्ने विचरा । अब सायद त्यस्को घरमा स्वास्नी राम्रो छैन होला । प्रोबलम त होला । यो फेरि हाँस्ने कुरा होइन यो । यो फ्याक्ट नै हो । …..

यही अभिव्यक्तिका कारण मन्त्री मनाङे विवादमा तानिएका  छन्।

यता राष्ट्रिय खेलकुद परिषद् (राखेपले) मन्त्री गुरुङको भनाइप्रति खेद प्रकट गर्दै उनलाई कानून बमोजिम कारबाहीको माग गरेको छ ।

मनाङेले ‘अराजक एवं अशिष्ट’ अभिव्यक्ति दिएको भन्दै राखेपले विज्ञप्तिमार्फत खेद प्रकट गरेको हो।

मन्त्री गुरुङले सदस्य–सचिव सिलवाल र परिषद्का सदस्य राजेश गुरुङको नाम लिएर अत्यन्त अमर्यादित, अशोभनीय, लाञ्छनायुक्त एवं घोर निन्दनीय अभिव्यक्ति सार्वजनिक भएको जनाएको छ ।

परिषदले मन्त्री गुरुङको अभिव्यक्तिको भर्त्सना गर्दै उनीमाथि प्रचलित कानून बमोजिम कारबाहीको माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले परिकल्पना गरेको प्रजातान्त्रिक एवं सभ्य समाजले पचाउन नसक्ने खालको अभिव्यक्ति एउटा जनप्रतिनिधि एवं मन्त्रीबाट बाहिर आउनु आफैँमा खेदजनक रहेको छ ।’

विज्ञप्तिमा खेलकुदको विकास र विस्तारमा अनवरत लागिरहेका सदस्य–सचिव सिलवाल र सदस्य राजेश गुरुङमाथि यस्तो अभिव्यक्ति आउनु सम्पूर्ण खेल जगतको अपमान भएको महसुस भएको उल्लेख गरिएको छ ।

राखेपले मन्त्री गुरुङबाट सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिव्यक्तिको राखेपले भत्र्सना एवं निन्दा गरेको छ । राखेपले गुरुङको अभिव्यक्तिले नेपाली खेलकुद क्षेत्रको मानहानी भएको ठहर गरेको छ ।

मन्त्री गुरुङले पत्रकारहरूसँग कुरा गर्दै राखेपका सदस्य सचिव सिलवालबारे मदिरा र यौनसम्बन्धी टिप्पणी गरेका थिए । मन्त्री गुरुङले सिलवालका लागि ‘रक्सी र केटी’ को व्यवस्था मिलाउने काम ‘मोटे’ले गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ७ : १० बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र