कुवेतबाट चन्दा उठाएर पठाइयो नेपाली महिलाको शव | Khabarhub Khabarhub

कुवेतबाट चन्दा उठाएर पठाइयो नेपाली महिलाको शव


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- एक नेपाली महिलाको शव आर्थिक सहयोग संकलन गरेर कुवेतबाट  स्वदेश पठाइएको छ ।

झापा घर भई कुवेतमा ज्यान गुमाएकी मुना राईको शव पठाउन आर्थिक संकलन गरिएको हो । झापाली समाज कुवेतले शव पठाउन लाग्ने शुल्क ३८५ केडी (नेरु करिब १ लाख ४७ हजार) सहयोग संकलन गरी त्यहाँस्थित नेपाली दूतवासलाई बुझाएपछि शव नेपाल पठाइएको समाजका उपाध्यक्ष राजु धिमालले जानकारी दिए ।

उपाध्यक्ष धिमालको पहलमा २७० केडी, गैरआवासीय नेपाली संघ कुवेतबाट ४९ केडी, तुलसी लिम्बूको पहलमा २५ केडी लगायत अन्य व्यक्तिहरुको पहलमा ४१ केडीसहित ३८५ केडी दूतावासलाई बुझाइएको थियो ।

आर्थिक अभावमा शव अलपत्र परेपछि सहयोग रकम संकलन गरिएको थियो । मृतक राई भारतको बाटो हुँदै गैरकानूनीरूपमा कुवेत पुगेकी थिइन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ११ : २५ बजे

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै