कुवेतबाट चन्दा उठाएर पठाइयो नेपाली महिलाको शव « Khabarhub

कुवेतबाट चन्दा उठाएर पठाइयो नेपाली महिलाको शव


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- एक नेपाली महिलाको शव आर्थिक सहयोग संकलन गरेर कुवेतबाट  स्वदेश पठाइएको छ ।

झापा घर भई कुवेतमा ज्यान गुमाएकी मुना राईको शव पठाउन आर्थिक संकलन गरिएको हो । झापाली समाज कुवेतले शव पठाउन लाग्ने शुल्क ३८५ केडी (नेरु करिब १ लाख ४७ हजार) सहयोग संकलन गरी त्यहाँस्थित नेपाली दूतवासलाई बुझाएपछि शव नेपाल पठाइएको समाजका उपाध्यक्ष राजु धिमालले जानकारी दिए ।

उपाध्यक्ष धिमालको पहलमा २७० केडी, गैरआवासीय नेपाली संघ कुवेतबाट ४९ केडी, तुलसी लिम्बूको पहलमा २५ केडी लगायत अन्य व्यक्तिहरुको पहलमा ४१ केडीसहित ३८५ केडी दूतावासलाई बुझाइएको थियो ।

आर्थिक अभावमा शव अलपत्र परेपछि सहयोग रकम संकलन गरिएको थियो । मृतक राई भारतको बाटो हुँदै गैरकानूनीरूपमा कुवेत पुगेकी थिइन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ११ : २५ बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा