गरुण पुराणका अनुसार पुण्य कमाउन ७ कुरा | Khabarhub Khabarhub

गरुण पुराणका अनुसार पुण्य कमाउन ७ कुरा


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

व्यक्तिको जीवन कसरी खुसीमय बनाउने भनेर केही नीतिका बारेमा गरुड पुराणमा चर्चा गरीएको छ । यस पुराणको एक श्लोक अनुसार यस्ता केही ७ चीज छन् जसलाई हेरे मात्र पनि पुण्य प्राप्त हुन्छ ।

श्लोक
गोमूत्रं गोमयं दुग्धं गोधूलिं गोष्ठगोष्पदम् ।
पक्कसस्यान्वितं क्षेत्रं द्ष्टा पुण्यं लभेद् ध्रुवम् ।।

अर्थात : गरुड पुराण अनुसार गोमूत्र, गोबर, गाइको दूध, गोधूलि, गौशाला, गोखुर र पाकेको अन्नले भरीएको खेत देखेमा मात्र पुण्य फल प्राप्ति हुन्छ ।

गोमूत्र
हिन्दू धर्ममा गाइलाई माता र दैवीय पशु मानिन्छ । शास्त्र अनुसार गोमूत्र पनि पवित्र हुन्छ । मान्यता अनुसार गोमूत्रमा गंगाको वास हुन्छ । आयुर्वेद यो औषधिको रूपमा प्रयोग गरीन्छ । तसर्थ गरुड पुराण अनुसार गोमूत्र देखेमा मात्र पुण्य प्राप्ति हुन्छ ।

गोबर
गोमूत्र जस्तै सनातन धर्ममा गाइको गोबरलाई पवित्र मानिन्छ । पुजाकोठा लिप्न होस् वा गौरी र गणेशको प्रतिमा बनाउन गाइको गोबर नै प्रयोग हुन्छ । त्यसैले पुराण अनुसार यस्तो पवित्र मानिएको गोबर देख्नु शुभ फल र पुण्य प्राप्तीको कारक मानिन्छ ।

गाइको दूध
गाइको दूध सदियौंबाट अमृत समान मानिएको छ । पूजामा समेत पञ्चामृतमा गाइको दूध नै प्रयोग गरीन्छ । आयुर्वेदिक उपचारदेखि शिशुको भोजनसम्म गाइको दूध नै प्रयोग हुन्छ । त्यसैले पुराण अनुसार अमृत समान मानिएको गाइको दूध देख्दा मात्र पुण्य प्राप्ति हुन्छ ।

गोधूलि
गोधूलिको अर्थ हो, गाइको खुट्टाबाट निस्कने धुलो । जो साँझमा चरेर गोठ फर्केका गाईको खुरले कुल्चेर निस्कने गर्दछ । सनातन धर्ममा गोधुली पनि देख्नु पनि पुण्य मानिन्छ ।

गौशाला
जहाँ गौ माताको बास हुन्छ, त्यसलाई गौशाला भनिन्छ । त्यसैले यो पवित्र मानिन्छ । गरुड पुराण अनुसार गौशालाको दर्शनले मात्र पनि व्यक्ति पुण्यको भागीदार बन्दछ ।

गोखुर
गोखुर अर्थात गाइको खुट्टा । जसरी मानिस ठुलाबडाको आर्शिवाद लिन उनिहरुको खुट्टा छुने गर्दछ र त्यसो गर्दा पुण्य प्राप्ति हुने मान्यता छ । त्यसैगरी गाइको खुट्टा छुनु पुण्य बराबर मानिएको छ । पुराण अनुसार गाईको खुर देखे मात्रमा पुण्य पाउन सकिन्छ ।

पाकेको अन्नवाला खेत
गरुड पुराण अनुसार पाकेको अन्नले भरीएको खेत देख्दा मात्र पुण्य प्राप्ति गर्न सकिन्छ । पाकेको अन्नले भरीएको खेत किसानको मेहनत र समृद्धिको सुचक मानिन्छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ५५ बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर