डोटीमा असार १० सम्म निषेधाज्ञा « Khabarhub

डोटीमा असार १० सम्म निषेधाज्ञा


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले गए राति १२ बजेदेखि लागू हुने गरी असार १० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

कोभिड–१९ को सङ्क्रमण घटेको भए पनि नियन्त्रण हुन नसकेकाले निषेधाज्ञा केही खुकुलो गरी थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए । थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, फैन्सी/कपडा, निर्माण सामग्रीका पसल बिहान ७ देखि ११ बजेसम्म खोल्न पाइने भएको छ । बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० देखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।

विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाउने भएका छन् ।

निषेधाज्ञाको अवधिमा होटल, रेष्टुरेन्ट, सैलुन, ब्यूटीपार्लर, जिमहल र सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने निर्णय भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जनाएको छ । भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकूद गतिविधिलगायतका कार्यक्रम गर्न नपाइने उक्त सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १ : ५५ बजे

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड