चिकित्सा शिक्षा अध्ययनको लागि सीट संख्या तोकियो « Khabarhub

चिकित्सा शिक्षा अध्ययनको लागि सीट संख्या तोकियो


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सा शिक्षा आयोगले शैक्षिक वर्ष २०७७/०७८ का लागि चिकित्सा शिक्षा अन्तगर्तका विभिन्न विधाहरुमा अध्ययनको लागि सीट संख्या निर्धारण गरेको छ ।

आयोगले कार्यकारी समितिको जेठ १९ र ३१ गतेको निर्णयअनुसार देशभरका मेडिकल कलेजलाई विद्यार्थी सीट संख्या निर्धारण गरेको हो । आयोगले चिकित्सा शिक्षा सम्बन्धि पढाइहुने ७६ कलेजका लागि विभिन्न बिधामा ७ हजार ९३१ सीट संख्या तोकेको छ ।

आयोगले सबै भन्दा धेरै एमबीबीएस अध्ययनको लागि सीट संख्या तोकेको छ भने कमबी फरफ्यूजन टेक्नोलोजी अध्ययनको लागि ५ सीट संख्या तोकेको छ ।

आयोगले एमबीबीएस अध्ययनको लागि बिराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, जानकी मेडिकल कललेज लगायत २० वटा मेडिकल कलेजका लागि १ हजार ८३५ सीट संख्या तोकेको छ ।

एमबीबीएस अध्यापनको कोटा पाएका मध्ये अधिकांश मेडिकल कलेजहरुले १०० वटा संख्या नै प्राप्त गरेका छन् भने पाटन एकेडेमी अफ हेल्थ साइन्सले ६५ र जानकी मेडिकल कलेजले ५० सीट मात्र प्राप्त गरेका छन् । चिकित्सा शिक्षा ऐनअनुसार एक शैक्षिक वर्षमा बढीमा १०० सीट पाउने व्यवस्था छ ।

त्यस्तै बीएसी नर्सिङ तर्फ ११०० सय, बीएसी एमएलटी तर्फ ४२५, बीएसी एमआइटी तर्फ ७१, बीएसी मेडिकल माइक्रोबायोलोजी तर्फ २०, बीएसी मेडिकल बायोकेमेस्ट्रीलाई २०, बीपीटीतर्फ १५०, बीफार्मा ९०२, बीपीएच १४२०, बिओप्टोमेट्री ६७, बीएनएस (एम्आईडी) ७०, बीएनएस ११९५, बीडीएस ५६५, बीएएसएलपी ६, बीएएमएस ८० सीट निर्धारण गरेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १२ : ४० बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र