नेपाललाई भ्याक्सिन र अक्सिजन सहयोग गर्न एम्नेष्टी युकेको आह्वान « Khabarhub

नेपाललाई भ्याक्सिन र अक्सिजन सहयोग गर्न एम्नेष्टी युकेको आह्वान


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोभिड–१९ को दोस्रो लहरबाट नेपाली समुदायलाई बचाउन खोप र अक्सिजन प्रदान गर्न एम्नेष्टी युकेले विश्व समुदायलाई आग्रह गरेको छ ।

विज्ञप्ति निकालेर एम्नेष्टी युकेले नेपालमा रहेको हालको पूर्वाधारले अहिलेकै अवस्थाको कोभिड बिरामी धान्न समस्या भइरहेकाले अक्सिजन, आइसियू शय्या, व्यक्तिगत सुरक्षा उपकरण र खोप लगायतका सामग्री उपलब्ध गराउन आग्रह गरेको हो ।

एम्नेस्टी इन्टरनेशनलका एशिया–प्यासिफिक निर्देशक यामिनी मिश्राले भारतमा जस्तै परिस्थिति नेपालमा पनि आउन सक्ने भएकाले तत्कालै अक्सिजन, भेन्टिलेटर, खोप तथा अन्य जीवनदायी उत्पादनको आपूर्ति गनुपर्ने अवथा रहेको बताइन् ।

विज्ञप्तिमा भनिएको छ, ‘‘कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न नेपाललाई अझ बढी खोपको आवश्यकता पर्दछ । चीन र अमेरिकाजस्ता मुलुकले खोप उपलब्ध गराउने बचन दिए पनि यो पर्याप्त छैन । खोपमा समान पहुँच सुनिश्चित गर्न कोभाक्सजस्ता विश्वव्यापी प्रणालीलाई स्पष्टरूपमा समर्थन प्रदान गर्नुपर्छ र स्थानीयरूपमा खोप उत्पादन गर्न संशाधन र प्रविधि स्थानान्तरणलाई प्राथमिकता दिनुपर्छ ।”

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : ३७ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब