काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द « Khabarhub

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाविरुद्धको खोपको माग गर्दै पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकहरू आन्दोलित हुँदा काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

मंगलबार पेट्रोलियम पदार्थ ढुवानी नभएको भन्दै अधिकांश पेट्रोल पम्पहरू बन्द गरिएका छन् । पटक–पटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालकलगायत मजदुरहरु आन्दोलित भएका हुन् । आइतबारदेखि ढुवानी बन्द गरेका उनीहरूले मंगलबार पनि आयल निगमको थानकोट डिपोमा ट्यांकर तेर्साएर नाराबाजी गरेका छन् ।

आन्दोलित चालक र नेपाल आयल निगमबीच आज भएको वार्तामा कोरोना खोप उपलब्ध गराउने सहमति भएको छ । सहमतिसँगै चालकहरूको आन्दोलन फिर्ता भएको छ । तीन दिनदेखि ढुवानी अवरुद्ध हुँदा मंगलबार काठमाडौँका अधिकांश निजी पेट्रोल पम्प बन्द छन् । चालकहरूको आन्दोलन फिर्तासँगै ढुवानी सहज हुने र बुधबारदेखि पेट्रोल पम्प खुल्ने बताइएको छ ।

नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष इश्वर लामाले आइतबारदेखि बरौनी, अमलेखगञ्ज क्षेत्र तथा आन्तरिक ढुवानी रोकिएको बताए ।

ढुवानीकर्ताको अवरोधका कारण मंगलबार पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको आयल निगमको वाग्मती प्रादेशिक डिपो थानकोटले जनाएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा १७६ वटा निजी पेट्रोल पम्प सञ्चालनमा छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : ०५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले