काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द | Khabarhub Khabarhub

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाविरुद्धको खोपको माग गर्दै पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकहरू आन्दोलित हुँदा काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

मंगलबार पेट्रोलियम पदार्थ ढुवानी नभएको भन्दै अधिकांश पेट्रोल पम्पहरू बन्द गरिएका छन् । पटक–पटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालकलगायत मजदुरहरु आन्दोलित भएका हुन् । आइतबारदेखि ढुवानी बन्द गरेका उनीहरूले मंगलबार पनि आयल निगमको थानकोट डिपोमा ट्यांकर तेर्साएर नाराबाजी गरेका छन् ।

आन्दोलित चालक र नेपाल आयल निगमबीच आज भएको वार्तामा कोरोना खोप उपलब्ध गराउने सहमति भएको छ । सहमतिसँगै चालकहरूको आन्दोलन फिर्ता भएको छ । तीन दिनदेखि ढुवानी अवरुद्ध हुँदा मंगलबार काठमाडौँका अधिकांश निजी पेट्रोल पम्प बन्द छन् । चालकहरूको आन्दोलन फिर्तासँगै ढुवानी सहज हुने र बुधबारदेखि पेट्रोल पम्प खुल्ने बताइएको छ ।

नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष इश्वर लामाले आइतबारदेखि बरौनी, अमलेखगञ्ज क्षेत्र तथा आन्तरिक ढुवानी रोकिएको बताए ।

ढुवानीकर्ताको अवरोधका कारण मंगलबार पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको आयल निगमको वाग्मती प्रादेशिक डिपो थानकोटले जनाएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा १७६ वटा निजी पेट्रोल पम्प सञ्चालनमा छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : ०५ बजे

जडीबुटीका बिरुवासँगै तालिम दिँदै वनस्पति अनुसन्धान केन्द्र

कैलाली– वनस्पति अनुसन्धान केन्द्र, कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यान, धनगढीले

तरकारी खेतीबाट स्वरोजगार महिला, लाखौंको आम्दानी गर्दै

टीकापुर- टीकापुर नगरपालिका-३ कटानपुरमा तरकारीखेती गरेर टोलकै महिला आत्मनिर्भर बनेका

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

झापा– हल्दिबारी गाउँपालिकाको चिया बगानहरुमा ‘लुपर’ नामक कीराको प्रकोप फैलिएको

करेन्ट लागेर एक महिलाको मृत्यु

राजविराज– अग्नीसाइर कृष्णासवरन  गाउँपालिका–४ टेङ्गरीमा शनिबार करेन्ट लागेर एक जना

उपल्लो मुस्ताङमा हिउँ चितुवापीडितलाई राहत वितरण

मुस्ताङ– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप),