कमसल सेनिटाइजर उत्पादन तथा विक्री गरेको आरोपमा दुई जना पक्राउ, सञ्चालक फरार « Khabarhub

कमसल सेनिटाइजर उत्पादन तथा विक्री गरेको आरोपमा दुई जना पक्राउ, सञ्चालक फरार


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सेनिटाइजर उत्पादन कम्पनी मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीमा कार्यरत रामेछापका सुजन गौतम र बझाङ घर भइ हाल कोटेश्वर बस्ने चन्द्रप्रसाद जोशीलाई पक्राउ गरेको हो ।

कमसल सेनिटाइजर उत्पादन गरी विक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ‘नेपाल ह्याण्ड सेनिटाइजर’ नामक सेनिटाइजर उत्पादन गर्ने कम्पनीका दुई जनालाई पक्राउ गरेको अपराध महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिए ।

सोही कम्पनीका सञ्चालक काठमाडौँ सामाखुसी बस्ने सुजन दाहाल भने फरार रहेको र उनको खोजी जारी रहेको सूचना अधिकृत पंगेनीले बताए ।

उक्त कम्पनीबाट प्रहरीले सेनिटाइजर, मेसिन बरामद गरेको छ । पक्राउ परेका दुईजनालाई कमसल माललाई असल भनी झुक्याइ विक्री गरेको एवं औषधी मिसावट गरी विक्री गरेको कसुरमा कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन अन्तर्गत कारबाहीका लागि महानगरीय वृत्त सानोठिमी पठाएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : ५० बजे

चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

बेइजिङ- चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ।

संसदीय दलका नेता बालेन्द्र शाहको उपस्थिति बिना सुरु भयो रास्वपा संसदीय दलको बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले