कमसल सेनिटाइजर उत्पादन तथा विक्री गरेको आरोपमा दुई जना पक्राउ, सञ्चालक फरार | Khabarhub Khabarhub

कमसल सेनिटाइजर उत्पादन तथा विक्री गरेको आरोपमा दुई जना पक्राउ, सञ्चालक फरार


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सेनिटाइजर उत्पादन कम्पनी मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीमा कार्यरत रामेछापका सुजन गौतम र बझाङ घर भइ हाल कोटेश्वर बस्ने चन्द्रप्रसाद जोशीलाई पक्राउ गरेको हो ।

कमसल सेनिटाइजर उत्पादन गरी विक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ‘नेपाल ह्याण्ड सेनिटाइजर’ नामक सेनिटाइजर उत्पादन गर्ने कम्पनीका दुई जनालाई पक्राउ गरेको अपराध महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिए ।

सोही कम्पनीका सञ्चालक काठमाडौँ सामाखुसी बस्ने सुजन दाहाल भने फरार रहेको र उनको खोजी जारी रहेको सूचना अधिकृत पंगेनीले बताए ।

उक्त कम्पनीबाट प्रहरीले सेनिटाइजर, मेसिन बरामद गरेको छ । पक्राउ परेका दुईजनालाई कमसल माललाई असल भनी झुक्याइ विक्री गरेको एवं औषधी मिसावट गरी विक्री गरेको कसुरमा कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन अन्तर्गत कारबाहीका लागि महानगरीय वृत्त सानोठिमी पठाएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : ५० बजे

मनिता मृत्यु प्रकरण : चिकित्सकको पक्षमा काउन्सिल, निर्णय एकपक्षीय भएको पीडितको आरोप

उपचार क्रममा गरिएको लापरवाहीका कारण श्रीमती मनिता शर्माको मृत्यु भएको

इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन : महासचिव गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व

गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

एजेन्सी– रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय संकट अन्त्य

एमालेको आडमा अराजकता निम्त्याउने छुट कसैलाई छैन : पदम गिरी

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले एमालेको आडमा अराजकता

नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात