सरकारलाई कर उठाउन बाटो खुला, सर्वोच्चद्वारा अन्तरिम आदेश खारेज (आदेशसहित) « Khabarhub

सरकारलाई कर उठाउन बाटो खुला, सर्वोच्चद्वारा अन्तरिम आदेश खारेज (आदेशसहित)


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा सरकारलाई कर उठाउने बाटो खोलिदिएको छ ।

न्यायाधीशहरू आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले मंगलबार सरकारलाई कर उठाउने बाटो खोलिदिएको हो ।

यसअघि जेठ ५ गते सर्वोच्चले नै बन्दाबन्दी खुलेको ३० दिनभित्र मूल्यअभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु/नगराउनु, बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र यी विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको थियो ।

तर त्यो आदेशविरुद्ध अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागलगायतका सरकारी निकायले जेठ २५ मा भ्याकेट निवेदन दर्ता गरेका थिए । सोही भ्याकेटमा सुनुवाइ गर्दै सर्वोच्चले आर्थिक ऐन २०७७ मा भएको व्यवस्थाअनुसार कर उठाउन सक्ने भनेको छ ।

अब अर्थ मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख भएको अवधिसम्म मात्र कर नतिरेमा जरिवाना छुट पाउन सक्ने सर्वोच्चले आदेश दिएको छ ।

मंगलबार जारी गरिएको आदेशमा अर्थ मन्त्रालयले आर्थिक ऐन, २०७७ को दफा १९ बमोजिम निर्णय गरी कर विवरण बुझाउने अवधि थप गर्ने र प्रक्रिया सरलीकरण गर्ने हुँदा मन्त्रालयले दिएको अवधिसम्मको लागि मात्रै कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्न भनिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ५७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले