राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन : कमल थापा « Khabarhub

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन : कमल थापा


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारमा गएपनि राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा नछाडेको बताएका छन् ।

राप्रपा पटकपटक सरकारमा गएको मतदातालाई चित्त नबुझेको भन्दै उनले अबदेखि गल्ती नदोहोरिने पनि उल्लेख गरेका छन् ।

मंगलबार साँझ थापाले ट्विटरमा लेखेका छन्, “कतिपयमा राप्रपाबारे अझै भ्रम रहेको पाइन्छ। त्यसैले दोहोर्‍याए स्पष्ट पार्न चाहन्छुः पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन, त्यो प्रत्युत्पादक भयो, गल्ती भयो, अब गल्ती दोहोरिने छैन । सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको छैन,छोडने छैन ।”

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १० : ४७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले