किन हुन्छ मुख गन्हाउने समस्या ? « Khabarhub

किन हुन्छ मुख गन्हाउने समस्या ?


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कसैमा मुख गन्हाउने समस्या छ भने उसले सबैभन्दा बढि भोगेको समस्या हो, सामाजिक रुपमा असामान्य अवस्था भोग्नु । कसैले मुख गन्हायो भनेर उपेक्षा गर्लान् केहिले नजिक पर्दा ठाउँ छाडेर पर सर्लान् । यो समस्याले सामाजिक जीवन जोखिममा पुर्याउँछ ।

कसैमा मुख गन्हाउने समस्या छ भने मुखको दुर्गन्ध हटाउन चिकित्सकीय परामर्श लिन ढिला गर्नु हुदैँन । सासको दुर्गन्ध मुखको सरसफाइमा कमीदेखि लिएर कुनै ठूलो रोगको लक्षण समेत हुन सक्छ । त्यसैले मुख गन्हाउने समस्यालाई हल्का ढंगले लिनु हुँदैन ।

मुख वा सासको दुर्गन्धलाई चिकित्सकीय भाषामा ‘हयालिटोसिस’ भनिन्छ । यो धेरैजसो मुखमा ब्याक्टेरियाको मात्रामा वृद्धि भएर हुन्छ । यो ब्याक्टेरियाले निस्किने सल्फर कम्पाउन्डका कारण सासमा दुर्गन्ध उत्पन्न हुन्छ । जसको कारण दाँतको उचित सरसफाइ नहुनु नै हो ।

अमेरिकन डेन्टल हाइजिनिस्ट एसोसिएसन (एडीएचए)को तथ्यपत्र अनुसार, करिब ४ करोड अमेरिकीहरू मुखको दुर्गन्ध अर्थात् हयालिटोसिसको शिकार छन् ।

नेपालमा भने मुख गन्हाउने समस्या भएकाहरूको कुनै अध्ययन भएको छैन । तथापी १० दाँतका बिरामीमध्ये ६ जनामा मुख गन्हाउने समस्या रहेको नेपाली दन्त चिकित्सहरु बताउँछन् ।

राति सुतेर बिहान उठ्नेबित्तिकै अलिअलि मुख गन्हाउनु सामान्य हो । यो गन्ध उपयुक्त प्रकारले ब्रस गर्दा जान्छ । तर हमेशा मुखमा दुर्गन्ध आउनु राम्रो लक्षण भने होइन ।

मुखमा दुर्गन्ध उत्पन्न हुनुको कारण मुखमा जीवाणु, खाद्य पदार्थको टुक्रा, थुक र रगत लामो समयसम्म एकै ठाउँमा रहिरहनु हो । यी सबैको बीच जब प्रोटिन टुट्छ तब सल्फर नाउँ गरेको तत्व उत्पन्न हुन्छ । जसको गन्ध धेरै असह्य हुन्छ ।

यसरी मुख गन्हाउने कारणले देखिएको समस्या हटाउन नियमित बस्र गर्ने र चिकित्सकिय परामर्श लिइहाल्नु पर्दछ । यस अलावा जिब्रोमा बस्ने लेदोले समेत मुख गन्हाउने गर्दछ । त्यसैले जिब्रोलाई समेत जिब्री वा ब्रसले दिनहुँ नियमित रूपमा सफा गर्दा गन्हाउने समस्या कम हुन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ११ : २६ बजे

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई