आर्थिक वर्षको अन्तिम दिन शेयर बजार दोहोरो अंकले वृद्धि « Khabarhub

आर्थिक वर्षको अन्तिम दिन शेयर बजार दोहोरो अंकले वृद्धि


३१ असार २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से सूचक ११.३३ अंकले बढेर २८८३.३८ अंकमा पुगेको छ ।

आज कूल २२३ वटा कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ मध्ये ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ समूहको सूचक घटेको छ ।

जलविद्युत र फाइनान्सको सूचक करिब २ प्रतिशतले बढेको छ भने बैंकिङ, ब्यापार, निर्जीवन बीमा, लघुवित्त र म्युचुअल फण्डको सूचक सामान्य बढेको छ ।

त्यस्तै होटल र पर्यटनमुलक सूचक साढे १ प्रतिशतले घट्दा विकास बैंक, उत्पादन, अन्य, जीवन बीमा, र लगानी सूचक सामान्य घटेका छन् ।

गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

त्यसैगरी एनआईसी एशिया बैंकको ३३ करोड, मेरो माइक्रोफाइनान्स संस्थापक २३ करोड, मञ्जुश्री फाइनान्स २३ करोड, नेपाल लाइफ इन्स्योरेन्स २० करोड, नेशनल हाइड्रोपावर कम्पनीको १६ करोड, ङादी ग्रुप पावर कम्पनी १५ करोड, नेपाल पूनर्बीमा कम्पनी १५ करोड, युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड र अरुण काबेली पावरको साढे १३ करोडको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ५ : २२ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास