पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान बढाउन सर्वोच्चद्वारा अन्तरिम आदेश | Khabarhub Khabarhub

पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान बढाउन सर्वोच्चद्वारा अन्तरिम आदेश


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  जातकै कारण कोठा नपाएकी रुपा सुनारले पूर्वमन्त्री कृष्ण गोपालविरुद्ध दिएको उजुरीमाथि सर्वोच्च अदालतले अनुसन्धान कार्य बढाउन अन्तरिम आदेश दिएको छ।

बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले सो आदेश दिएको हो।

‘निवेदिकाले सरस्वती श्रेष्ठविरुद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र निज सरस्वती श्रेष्ठ हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी कृष्णगोपाल श्रेष्ठ उपस्थित भई हिरासतबाट निजलाई मन्त्रीको सरकारी सवारी साधनमा लगी भन्ने मिसिलबाट देखिएको र उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले निज कृष्णगोपाल श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त रीतपूर्वक दर्ता भएको नपाइएकाले सो जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नु गराउनु’ सर्वोच्चको आदेशमा भनिएको छ।

मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानूनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको आरोप लगाउँदै रुपाले रिट दायर गरेकी थिइन् ।

कोठा भाडामा दिने विषयमा उनीमाथि जातीय विभेद गरेको भन्ने उजुरीमा पक्राउ परेकी सरस्वती प्रधानलाई तेस्रो दिनमा श्रेष्ठ आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर छुटाएका थिए ।

उनले सरकारी गाडीमा राखेर प्रधानलाई उनको घरसम्म पुर्‍याएका थिए । श्रेष्ठको यस्तो गतिविधिको चर्को विरोध भएको थियो ।

आफूमाथि जातीय विभेद गरेको आरोप लगाउँदै सञ्चारकर्मी सुनुवारले सरस्वती प्रधानविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरीपछि प्रधान पक्राउ परेकी थिइन् । पक्राउ परेको तेस्रो दिनमा आरोपको प्रमाण नपुगेको कारण जनाएर प्रधानलाई रिहा गरिएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ८ : ३६ बजे

एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी

काठमाडौं – एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले श्रीलंकाविरुद्ध पाँच

आश्विन शुक्ल तृतीयाः चन्द्रघण्टा देवीको साधना हुँदै

काठमाडौं – बडा दशैँ एवं नवरात्रको तेस्रो दिन दशैँ घर

बुधबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज ८ गते बुधबार। आश्विन

आज २०८२ साल असोज ८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ८ गते बुधबार। आश्विन