गण्डकी प्रदेशमा एमालेले बनायो संसदीय समूह  | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा एमालेले बनायो संसदीय समूह 


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले प्रदेश सरकारको काम कारबाहीको निगरानी गर्न संसदीय समूह गठन गरेको छ ।

प्रदेश सरकारले गरेको कामको निगरानी गर्न मन्त्रालयसँग सम्बन्धित रहने गरी संसदीय समूह बनाइएको हो । स्याङ्जाका एमाले सांसद मोहनप्रसाद रेग्मीलाई समूहको संयोजक तोकिएको छ ।

गण्डकी प्रदेशअन्तर्गतका ११ वटै मन्त्रालयलाई हेर्ने गरी ९ सदस्यीय समिति बनाइएको रेग्मीले बताए । ‘यो कुनै छायाँ सरकार होइन, दलको विधानअनुसार बनाइएको संसदीय समूह हो’– संयोजक रेग्मीले खबरहबसँग भने ।

संसदीय दलको विधानअनुसार विकास निर्माणसँग खोज अनुसन्धान गर्ने उद्देश्यले निर्माण गरिएमो संसदीय समूह भएको रेग्मीले स्पष्ट गरे ।

अधिकांश समूहको मुल जिम्मेवारी पूर्वमन्त्रीहरुलाई दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात विकास समूहको जिम्मेवारी पूर्वमन्त्री रामशरण बस्नेतलाई जिम्मेवारी तोकिएको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण विकास समूहमा पूर्वमन्त्री विकास लम्साल छन् ।

त्यसैगरी सामाजिक विकास समूहको जिम्मा पूर्वमन्त्री नरदेवी पुनमगरले पाएकी छन् भने कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूहको संयोजक सांसद चन्द्रमोहन गौचन छन् ।

यस्तै, अर्थ समूह संयोजक इन्द्रलाल सापकोटा,  भूमि, व्यवस्था, कृषि समूहको संयोजक मित्रकुमारी गुरुङ र ऊर्जा तथा खानेपानी समूहको संयोजकमा मीन प्रसाद गुरुङ तोकिएका छन् । हरेकमा तीन तीन सदस्य रहने गरी बनाइएको समूहको मूल संयोजक रेग्मी छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : ४० बजे

सामान्य अंकले बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ

बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बजेट निर्माण प्रक्रियामा

इरानमाथि आक्रमणको निन्दा गर्दै झलनाथले भने- अमेरिकी प्रभुत्व नसकिएसम्म विश्वमा शान्ति हुँदैन

काठमाडौं- इरानमाथि अमेरिकी र इजरायली आक्रमणप्रति नेकपा (एकीकृत समाजवादी) पार्टीका

प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण

काठमाडौं– प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी

‘सुनमा करको दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनमा करको