गोकुल बाँस्कोटाको व्यंग्य- भैंसीको पूजा, राम मन्दिको विरोध  ! « Khabarhub

गोकुल बाँस्कोटाको व्यंग्य- भैंसीको पूजा, राम मन्दिको विरोध  !


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भैंसी पूजा गरेर राम मन्दिरको विरोध किन भन्दै व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् बाँस्कोटाले पशुपतिनाथमा सुनको जलारी र ठोरीस्थित राम मन्दिरको बिरोध गर्नेहरुले होली वाइन र भैँसी पूजामा सरिक भएको बताएका छन् ।

उनले मान्छे भएपछि धर्मसंस्कृतिसँग जोडिनै पर्ने तर्क गर्दै छुवाछूत हिन्दु धर्म संस्कृतिको अंग नभएको दाबी समेत गरेका छन् ।

‘व्यक्ति र धर्म संस्कृति जोडिएकै छ। थिएन भने भैँसी पूजा र होली वाईन समारोह किन आयोजना गरिए? जलारी र राम मन्दिरको विरोध चै किन?,’ आइतबार बिहान बाँस्कोटाले ट्वीटरमा लेखेका छन्, ‘युरोप अमेरिकामा चर्च र राज्य मात्र छुट्याइएको हो। छुवाछुत ब्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या हो, हिन्दु संस्कृतिको अंग होईन। लुकेर चिना हेराउनी, फुटानी लाउने!’

 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ९ : २५ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको