भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीका घोषणा « Khabarhub

भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीका घोषणा

मोदीले भने– अमृत काल देशको नयाँ लक्ष्य हो जो २५ वर्षको छ


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा किसान, छात्रा तथा युवाहरुका लागि विभिन्न घोषणाहरु गरेका छन्।

उनले देशका सबै सैनिक विद्यालयहरुमा अब छात्राहरुले पनि अध्ययन गर्न सक्ने घोषणा गरे।

केही समयअघि भारतको एक सैनिक विद्यालयमा छात्रालाई भर्ना गरेर परीक्षण गरिएको जानकारी दिँदै मोदीले भने, ‘अब भारतका सबै सैनिक विद्यालयहरुमा छात्राहरुलाई पनि भर्ना लिइने छ।’

लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले मातृभाषाको जगेर्नालाई प्राथमिकता दिइनुपर्नेमा जोड दिए। उनले भारतका साना किसानहरुको सुविधाका लागि सरकारले आवश्यक नीति लिने बताए।

कृषि सुधारका लागि साना किसानहरुलाई सम्मान योजना लागु गरिएको उनले बताए। देशका साना किसानको शक्ति बढाउनेमा सरकार लागि पर्ने उनले बताए।

मोदीले २५ वर्षका लागि देशले नयाँ लक्ष्य लिएको घोषणा गर्दै उक्त लक्ष्य पूरा गर्ने अभियानमा जुट्न सम्पूर्ण देशबासीलाई अपिल गरे। अबको २५ वर्षपछि भारतले स्वतन्त्रताको अमृत काल मनाउने उनले बताए।

‘अमृत काल देशको नयाँ लक्ष्य हो जो २५ वर्षको छ’, मोदीले भने, ‘यो समयमा भारतले आधुनिक विकासको क्षेत्रमा नयाँ प्रगति हाँसिल गर्नु छ।’

मोदीले अब हरेक वर्षको अगष्ट १४ लाई विभाजन विभिषिका स्मृति दिवसका रुपमा मनाइने घोषणा पनि गरे।

उनले भने, ‘जो मानिसहरुले त्यो बेला अप्ठ्यारो भोग्नुपरेको छ, जुनबेला उनीहरुको अन्तिम संस्कार समेत भाग्यमा रहेन, १४ अगष्टमा उनीहरुलाई याद गरिने छ।’

मोदीले शहरसँगै गाउँको विकासमा पनि अधिक ध्यान दिने बताए।

मोदीले कमजोर इन्फास्ट्रक्चरले देशमाथि नोक्सान हुने बताउँदै असाधारण स्तरले काम गर्नका लागि नयाँ जलमार्ग या नयाँ स्थानमा सिप्लेनसँग जोड्ने काम भैरहेको बताए।

भारतीय रेलवेलाई पनि आधुनिक रंगमा ढाल्ने काम भैरहेको उनले बताए।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १२ : ४४ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो