गण्डकीका मुख्यमन्त्रीलाई एमालेले बुझायो ध्यानाकर्षण पत्र « Khabarhub

गण्डकीका मुख्यमन्त्रीलाई एमालेले बुझायो ध्यानाकर्षण पत्र


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले ) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ ।

एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मुख्यमन्त्रीलाई विगतको योजनालाई निरन्तता दिन आग्रह गरेको हो ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले अगाडि बढाएका मूलभूत कार्ययोजनालाई निरन्तरता दिएको जानकारी दिए ।

उनले भौतिक पूर्वाधारका १५ मध्ये १० योजना अघि बढाउने प्रक्रियामा रहेको र रु ३८ अर्बको बजेट रु ३० अर्बमा खुम्चिएको जानकारी दिए ।

भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले अघिल्लो सरकारले ल्याएका कार्यक्रम रातो किताबमा समेटिएको र केही छुटेको भए पुनः अध्ययन गरेर अघि बढ्न सकिने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ४ : ४३ बजे

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी

मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक