बार्सिलोनामाथि बायर्नको जित, च्याम्पियन्स लिगका अन्य खेलको नतिजासहित | Khabarhub Khabarhub

बार्सिलोनामाथि बायर्नको जित, च्याम्पियन्स लिगका अन्य खेलको नतिजासहित


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना घरेलु मैदानमा बायर्न म्युनिखसँग पराजित भएको छ । मंगलबार राति नोउ क्याम्पमा भएको खेलमा बार्सिलोना बायर्नसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

स्टार खेलाडी लियोनल मेस्सी पेरिस सेण्ड जर्मन पुगेपछि सर्जियो बुस्केटको कप्तानीमा उत्रिएको बार्सिलोनाले पहिलो हाफमा १ गोल ब्यहोर्दै दोस्रो हाफमा थप २ गोल खान पुगेकाे थियाे ।

बायर्नको अवे जितमा रोबर्ट लेवाण्डोस्कीले २ तथा थोमस मुलरले १ गोल गरे ।

खेलका ३४औँ मिनेटमा बायर्नले अग्रता बनायो । पहिलो गोल थोमस मुलरले गरे । मुलरलाई लोरे सानेको पासमा उपलब्ध गराएका थिए ।

खेलका ५६औँ मिनेटमा रोबर्ट लेवाण्डोस्कीले दोस्रो अग्रता बनाएका भने ८५औँ मिनेटमा ३-० को अग्रता बनाए । समूह ‘इ’ अन्तर्गतको अर्को खेलमा बेन्फिका र ड्यनामो केयीभले गोल सहित बराबरी खेल्दै १-१ अंक बाँडे ।

जितसँगै समूह ‘इ’ बाट बायर्न तीन अंकका साथ शीर्ष स्थानमा छ । बेन्फिका र ड्यनामोको एक–एक अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहँदा बार्सिलोना पुछारमा छ ।

मंगलबार राति राति नै भएको समूह ‘एच’को खेलमा साविक विजेता चेल्सी र युभेन्ट्सले विजयी यात्रा सुरुवात गरेका छन् ।

चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा जेनिट सेण्ड पिटरर्सबर्गलाई १-० गोल अन्तरले पराजित गरेकाे हाे । चेल्सीको जितमा निर्णायक गोल यसै सिजन अनुबन्धन भएका रोमेलु लुकाकुले गरे । लुकाकुले ६९औँ मिनेटमा गरेको गोल नै चेल्सीलाई तीन अंकको पर्याप्त रह्यो ।

समूह ‘एच’कै अर्को खेलमा युभेन्टस्ले घरेलु टोली माल्मोलाई ३-० गोल अन्तरले पराजित गरेकाे छ । स्विडेनमा भएको खेलमा युभेन्टस्लाई जित दिलाउन एलेक्स सान्द्रो, कप्तान पाउलो डिबला र अल्भारो मोरटाले १-१ गोल गरे ।

युभेन्टस्ले पहिलो हाफमै ३ गोल गरेको थियो ।

खेलको २३औँ मिनेटमा सान्द्रोले युभेन्टस्लाई अग्रता दिलाए । ४५औँ मिनेटमा कप्तान डिबलाले पेनाल्टीमा गोल गर्दा मोरटाले ४५औँ मिनेट पछि थपिएको १ मिनेटमा गोल गरे ।

जितसँगै समान तीन अंक भए पनि समूह ‘एच’मा युभेन्टस् पहिलो स्थानमा रहँदा चेल्सी दोस्रो स्थानमा छ । बिना कुनै अंक जेनिट र माल्मो क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

समूह ‘एफ’को खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो प्रेरित म्यानचेष्टर युनाईटेड योङ ब्वाईजसँग स्तब्ध भएको छ । स्विजरल्याण्डमा भएको खेलमा रोनाल्डोले गोल गरे पनि १० खेलाडीमा सीमित युनाइटेड योङ ब्वाईजको घरेलु मैदानमा २-१ गोल अन्तरले पराजित भएको हो ।

खेलको १३औँ मिनेटमा गोल गर्दै रोनाल्डोले युनाईटेडलाई अग्रता दिलाएका थिए । रोनाल्डोले पोर्चुगिज सहकर्मी ब्रुनो फर्नाण्डेजको पास सदुपयोग गरेका थिए ।

खेलका ३५औँ मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित भयो । आरोन वान विशाकाले रातो कार्ड पाएर मैदान छाडे । दोस्रो हाफमा योङ ब्वाईजले लगातार दुई गोल गर्‍यो । निकालोस नगामालेउले खेलको ६६औँ मिनेटमा बराबरी गोल गरे । थपिएको पाँच मिनेटमा जोर्डन सिएबात्चेउले गोल गर्दै घरेलु टोली योङ बाईजलाई रोमाञ्चक जित दिलाए ।

समूह ‘एफ’को अर्को खेलमा भिल्लारियल र एटालान्टाले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

जितसँगै समूह ‘एफ’मा योङ ब्वाईज शीर्ष स्थानमा छ । यस्तै युनाइटेड भने पुछारमा छ । अंक बाँडेका एटालान्टा र भिल्लारियल भने दोस्रो र तेस्रो स्थानमा छन् ।

राति नै भएको समूह ‘जी’ मा दुबै खेल बराबरीमा टुंगिएका छन् । सेभिल्लाले रेडबुल साल्जबर्गसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्यो भने लिल्ले र वुल्फस्बर्गले गोलरहीत बराबरी खेले ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ७ : २९ बजे

राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको

प्रतिपक्षीहरूको बैठकमा राप्रपाले भन्यो : गृहमन्त्रीलाई बोल्न दिऊँ, चित्त नबुझे प्रतिवाद गरौँला

काठमाडौं- सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसको आयोजनामा बसेको प्रतिपक्षी दलहरूको

ओलीको प्रतिक्रिया : कांग्रेसले असभ्य व्यवहार देखायो, संसद् भिडन्त गर्ने ठाउँ होइन

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा–  ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने