हामी माथिल्लो तहका नेता बिग्रिएका छौँ : प्रचण्ड (भिडियो) « Khabarhub

हामी माथिल्लो तहका नेता बिग्रिएका छौँ : प्रचण्ड (भिडियो)


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीकाे माथिल्लो नेतृत्व बिग्रिएको बताएका छन् । उनले आन्दोलनमा लाग्ने जनता न बिग्रिएको तर आफूहरु बिग्रिएको बताएका हुन् ।

माओवादी नेता पोष्टबहादुर बोगटीको सातौं स्मृति सभाका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन् । जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’

उनले माओवादी पार्टी फेरि देशमा एक नम्बर पार्टी बन्नेसमेत बताएका छन् । उनले शान्ति प्रक्रियापछि माओवादी ५–७ सिटमात्र जित्छ भन्ने हल्ला चलाए पनि एक नम्बर पार्टीको उल्लेख गर्दै फेरि पनि एक नम्बर पार्टी बन्ने बताए ।

प्रचण्डले अर्को प्रसंगमा फेरि सडक आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्नेसमेत बताए । उनले संविधान संशोधनका लागि सडकमा जानुपर्ने संकेत गरे । उनले संविधान जारी गर्दा नै आफूहरुको फरकमत रहेको स्मरण गर्दै संविधान संशोधन आवश्यक रहेको जिकिर गरे ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ११ : ०४ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी