राजमार्गमा बाघको आतङ्क | Khabarhub Khabarhub

राजमार्गमा बाघको आतङ्क


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित हुन पुगेका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए ।

उनका अनुसार अहिले बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने डरले त्रसित अवस्थामा छन् । स्थानीय बासिन्दाले दिउँसै बाघ गाउँ नजिकै राजमार्गमा ओहोरदोहोर गरिरहेकाले दैनिक काम गर्नसमेत नसकेको अवस्था छ । गत आइतबार ४५ वर्षीय एक पुरुषलाई महेन्द्रराजमार्गअन्तर्गत पर्ने गाभर नजिकै सडकबाट तानेर दुई पाटेबाघले खाएका थिए । मान्छे खानु दुई दिनअघिदेखि नै गाभर सडकको वरपर दुई बाघ घुमिरहेको पाइएको स्थानीयवासी कुमार खड्काले बताए ।

सोमबार छ पटकसम्म राजमार्गको वरपर देखापरेका ती दुईवटै बाघ मङ्गलबार फेरि मान्छे खाएको घटनास्थल नजिकै राजमार्गमा देखापरेको खड्काले जानकारी दिए । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले थप कुनै घटना हुन नदिन बाघ देखिएको क्षेत्रमा दुई घरपालुवा हात्ती र ठूलो सङ्ख्यामा सेना परिचालन गरिएको जानकारी दिए ।

ती दुई बाघ भर्खर माउबाट छुट्टिएको हुनसक्ने जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत साहले स्थानीय जनतालाई बाघको भय र त्रासबाट बचाउन निकुञ्ज लागिरहेको जानकारी दिए । अधिकृत साहका अनुसार बाघलाई नियन्त्रणमा लिन निकञ्जबाट प्राविधिक टोली पनि आइसकेको छ । अहिले हात्ती प्रयोग गरेर बाघलाई गाउँ नजिक आउन नदिने र उसको प्राकृतिक बासस्थानतिर धपाउने काम भइरहेको छ । मान्छे खाएको ठाउँ र अन्य दुई स्थानमा सेन्सर क्यामेरा जडान गरिएको छ ।

आइतबार गाभरमा अन्दाजी ४५ वर्षीय एक पुरुषलाई बाघले खाएपछि यतिबेला सो क्षेत्रमा डर, त्रास फैलिएको छ । राजमार्गमै बाघको आङ्तक फैलिएपछि जिल्ला प्रशासन कार्यालयलेले पूर्वपश्चिम राजमार्गमा रात्रिकालीन समयमा साना सवारी सञ्चालनमा रोक लगाएको छ । रासस

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १२ : १७ बजे

प्रतिनिधि सभा विघटन गरी सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

काठमाडौँ – राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश

काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद

काठमाडौँ – काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख

जेन–जीको चाहनाअनुसार पार्टी रूपान्तरण गर्ने एमाले नेताहरुको प्रतिबद्धता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ३२ वटा केन्द्रीय विभागले

शिक्षण अस्पतालमा ३६ जनाको शव, पत्र नआउँदा परीक्षणमा ढिलाइ

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा शव पहिचानका

सरकार गठनमा ढिलाइ हुँदा सङ्कटकालको जोखिम, लागे के हुन्छ ?

काठमाडौँ – सोमबार र मङ्गलबार भएको जेन-जी प्रदर्शनपछि यतिखेर देश