भिडियो प्रमाण : ​चीनले यसरी मिचेको छ हुम्लामा नेपाली भूमि « Khabarhub

भिडियो प्रमाण : ​चीनले यसरी मिचेको छ हुम्लामा नेपाली भूमि


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हुम्लाको सीमाक्षेत्रमा चीनले नेपाली सीमा अतिक्रमण गरेको देखिएको छ । खबरहबले लिएको स्थलगत भिडियोमा सीमा क्षेत्रमा चीनबाट अतिक्रमण भएको स्पष्ट देखिन्छ ।

भिडियोमा चीनले एकतर्फी रूपमा हुम्लामा रहेको १२ नम्बरको पिलर नयाँ स्थापना गरेको भिडियोमा प्रष्ट हुन्छ । लाप्चा भञ्ज्याङ, थिमिको लाप्चा क्षेत्रमा सीमा अतिक्रमण भएको छ भने सीमानामा रहेको ९(२) को सीमा स्तम्भको बीचमा तारबार गरेको पनि भिडियोमा देखिन्छ । तारबारबारे नेपाललाई कुनै जानकारी छैन ।

भिडियोमा हुम्लाको किटमा ५(१) र ५(२) लाई तारबार गरी चिनियाँ क्षेत्रमा राखेको देखिन्छ । पुरानो ५(२) नम्बरको जङ्गे स्तम्भ पनि उखेलेर नयाँ बनाएको देखिन्छ ।

गप्पुदोचामा पनि नेपाली भूमि अतिक्रमण भएको देखिएको छ । स्थानीयवासीका अनुसार नेपालले बनाएको बाटोसमेत चीनले आफ्नोतर्फ गाभेको छ । लाप्चा क्षेत्रमा पनि अतिक्रण भएको देखिएको छ । चीनले नेपाली भूभागभित्र पर्ने लोलुङजोङमा भौतिक संरचनाहरू निर्माण गरी सुरक्षा प्रयोजनमा उपयोग गरेको देखिएको छ ।

हुम्लाको उत्तरी सीमामा नेपाली भूमि अतिक्रमण भइरहँदा समेत नेपालको राज्य संयन्त्रले नियमित निरीक्षण गरेको छैन । गत वर्ष नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीसहितको एक टोलीले उक्त क्षेत्रको स्थलगत भ्रमण र अवलोकन गरेर सीमा मिचिएको निष्कर्षसहतिको प्रतिवेदन पार्टीलाई बुझाएको थियो ।

तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत वर्ष औपचारिक वक्तव्य नै जारी गरी सीमा मिचिएको प्रमाण हुँदाहुँदै सरकारले ढाकछोप गर्न खोजेको आरोप लगाएको थियो ।

नेपालस्थित चिनियाँ दूतावासले शाहीको प्रतिवेदन र कांग्रेसको वक्तव्यप्रति आपत्ति जनाउँदै चीनले सीमा नमिचेको जिकिर गरेको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सरकारले हुम्लास्थित नेपाल–चीन सीमाक्षेत्रको विवादबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो । सरकारद्वारा गठित समिति अहिले स्थलगत अध्ययनमा छ ।

उक्त समिति गठन भएकोमा मुख्य विपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको थियो । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपाली भूमि मिचेको छैन भन्ने आफूले ग्यारेन्टी गर्ने बताएका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ११ : ४० बजे

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि