च्याम्पियन्स लिग : रियल म्याड्रिड, पेरिस, लिभरपुल, सिटीको खेल आज « Khabarhub

च्याम्पियन्स लिग : रियल म्याड्रिड, पेरिस, लिभरपुल, सिटीको खेल आज


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिग सिजन २०२१–२२ अन्तर्गत बुधबार समूह चरणका खेलहरु हुँदैछन् । बुधबार च्याम्पियन्स लिगको समूह ए, बी, सी र डी का खेल हुन लागेका हुन् । मंगलबार सुरु भएको च्याम्पियन्स लिगमा पहिलो दिन इ, एफ, जी, एच समूहका खेल भएका थिए ।

मंगलबार हुने पहिलो खेलमा टर्कीस क्लब बेसिक्तास जेकेविरुद्ध जर्मन क्लब बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा हुनेछ । समूह सी को यो खेल नेपाली समयअनुसार राति १०ः३० मा टर्की स्तानबुलस्थित भोडाफोन पार्कमा हुनेछ । समूह सी कै अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ सिपी र नेदरल्याण्डको एजाक्सबीच प्रतिस्पर्धा हुनेछ । पोर्चुगलको लिस्बनमा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

समूह डीअन्तर्गत माल्दोभाको एफसी सेरिफ तिरास्पोल र उक्रेनी क्लब सख्तर डानेटसकबीचको खेल राति १०ः ३० बजे सुरु हुनेछ । खेल माल्दोभाको सेरिफ मैदानमा हुनेछ । समूह डी कै अर्को खेलमा युरोपेली बलिया क्लब इन्टर मिलान र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुनेछ । इटाली क्लब इन्टर र स्पेनिस क्लब रियल म्याड्रिडबीचको खेल नेपाली समयअनुसार राति पौने १ बजे मिलानस्थित सान सिरो मैदानमा हुनेछ ।

समूह ए को खेलमा क्लब ब्रग र पेरिस लिग वान च्याम्पियन पेरिस सेन्ड जर्मन (पीएसजी) बीच प्रतिस्पर्धा हुनेछ । घरेलु क्लब ब्रगविरुद्ध तीन स्टार लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे नै रहनेछन् ।

समूह ए कै अर्को खेलमा इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले जर्मन बुण्डेसलिगा क्लब आरबी लाईपजिकको सामना गर्नेछ । दुबै खेल नेपाली समयअनुसार पौने एक बजे सिटीको घरेलु मैदान इतिहादमा सुरु हुनेछ ।

यस्तै समूह बीको खेलमा स्पेनिस ला लिगा क्लब एथ्लेटिको म्याड्रिडले एफसी पोर्टोको सामना गर्नेछ । खेल एथ्लेटिकोको घरेलु मैदानमा हुनेछ । समूह बी कै अर्को खेलमा लिभरपुल र एसी मिलानबीच प्रतिस्पर्धा हुनेछ । खेल लिभरपुलको मैदान एनफिल्डमा हुनेछ । समूह बीका दुबै खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १२ : ४० बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट