उज्वेकिस्तानको क्वारेन्टिनमा नेपाली महिला फुटबल टोली « Khabarhub

उज्वेकिस्तानको क्वारेन्टिनमा नेपाली महिला फुटबल टोली


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानको तास्केन्त पुगेको छ । गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो ।

तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको छ । पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल क्वारेन्टिनमा रहने छ ।

‘खेलाडीहरुले लामो यात्रा तय गरेर आएका छन् । त्यसैले विश्राम जरुरी छ’, मुख्य प्रशिक्षक ग्यारी फिलिप्स भन्छन् ।

फिलिप्सले क्वारेन्टिन अवधिमा टोलीले पूर्णतया विश्राम लिने बताए ।

समूह एफमा रहेको नेपालले २ असोजमा फिलिपिन्स तथा ५ असोजमा हङकङको सामना गर्नेछ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : १८ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता