एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्यो तीन हजार प्रतिनिधि | Khabarhub Khabarhub

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्यो तीन हजार प्रतिनिधि


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ ।

एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो ।

एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो ।

विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिमा १ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, २ अनुशासन आयोगका पदाधिकारी र सदस्य, ३ लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, ४ निर्वाचन आयोगका पदाधिकारी र सदस्य, ५ केन्द्रीय विभागका सचिवसहित १५ सदस्य, ६ सल्लाहकार परिषदका पदाधिकारी र सदस्य, ७ जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य, ८ प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य रहनेछन् ।

यस्तै ९ विशेष कमिटीका पदाधिकारी र सदस्य, १० जिल्ला कमिटीका पदाधिकारी र सदस्य, ११ निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य, १२ जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, १३ पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, १४ पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, १५ एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, १६ एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत रहनेछन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ३ : ३४ बजे

प्रतिनिधिसभा बैठक बस्दै, बजेटका मन्त्रालयगत शीर्षकमा सम्बन्धित मन्त्रीले जवाफ दिने 

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

यी भूभागमा सामान्यदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सुरक्षा परिषदमा इरान र इजरायलले राखे आफ्नो धारणा

काठमाडौं – सुरक्षा परिषद बैठकमा इरान र यजरायलले आफ्नो धारणा

रोचक बन्दै भारत र इङ्गल्यान्डको टेस्ट: बुमराहले लिए पाँच विकेट

लिड्स – भारत र इङ्गल्यान्ड बीचको पहिलो टेस्ट बराबरीतर्फ उन्मुख

इरान आक्रमणमा अपेक्षाकृत सफलता पाएको अमेरिकी ठहर

वाशिङ्टन – अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको आक्रमणले अपेक्षाकृत सफलता