जुवाको खालबाट आठ पक्राउ « Khabarhub

जुवाको खालबाट आठ पक्राउ


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इलाका प्रहरी कार्यालय खैरहनीले नगद रु एक लाख ४४ हजार १७० सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ ।

खैरहनी नगरपालिका–८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरबाट उनीहरुलाई मङ्गलबार साँझ कैडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले आज जारी गरेको सूचनामा उल्लेख छ ।

उनीहरुको साथबाट एक बुक ताससमेत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा ४१ वर्षीय घर धनी श्रेष्ठ खैरहनी नगरपालिका–६ का ४४ वर्षीय नवीन श्रेष्ठ, खैरहनी ८ का ४१ वर्षीय विष्णु सुनार, राप्ती नगरपालिका–६ का ३९ वर्षीय सुदिप गिरी, वर्ष २८ का दिपेश बर्तौला, राप्ती ३ का ३६ वर्षीय चुडामणि थपलिया, राप्ती ४ का ६८ वर्षीय केशवप्रसाद तिमिल्सिना र वडा नं ५ का ३५ वर्षीय सुदन धरेल रहेका छन् ।

उनीहरुलाई मुलुकी आपाराधिसंहिता २०७४ को परिच्छेद ५ सार्वजनिकहित स्वास्थ्यसुरक्षा र नैतिकता विरुद्धको कसूर अन्तर्गत दफा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने ऐन अनुसार कारवाही हुने उनले जानकारी दिए । उनीहरुलाई तीन महिना कैद वा रु ३० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ४ : १७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका