पक्की पुलमाथिबाट बग्छ खोला « Khabarhub

पक्की पुलमाथिबाट बग्छ खोला


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ महांकालस्थित गोरे खोलाको पक्की पुलमाथिबाट पानी बग्दा आवतजावतमा समस्या भएको छ । कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञा र लकडाउनपछि बन्द रहेका विद्यालय खुलेसँगै विद्यार्थीलाई सो पुल भएर आउजाउमा समस्या भएको छ ।

‘वर्षायामको ठाडो खोला तर्न निकै गाह्रो हुन्छ, त्यसैले अरु कसैको साथ लिएर तर्ने गरेको छु । एक्लै तर्दा खोलाले बगाउला जस्तो हुन्छ, त्यही भएर अरुको सहायता चाहिन्छ’, भूमेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत् महेन्द्र पण्डितले भने ।

यही पुल पार गर्दै उनी दिनहुँ विद्यालय पुग्छन् र फर्कन्छन् । तर, ठूलो बाढी आएका बेला भने उनी अर्कै बाटो प्रयोग गर्छन् । ‘बाढीले खोला बढेपछि एक घण्टाभन्दा बढीको बाटो घुम्नुपर्छ । विद्यालय आउन जान समस्या छ’, उनी भन्छन् ।

पुल माथिबाट खोला बगेपछि विद्यार्थी मात्रै हैनन्, स्थानीयले पनि सकस भोगिरहेका छन् । गोरे खोलाको पुलमाथिबाट खोला बग्न थालेपछि यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।

गत १ असार र १७ साउनमा मेलम्ची खोलामा आएको बाढीको लेदोसहित छालले गोरे खोलाको पुल पुरेको छ । पुलमाथिबाट खोला बगेको छ । पानी र लेदोले पुरिएकाले पुल स्पष्ट देख्न सकिँदैन । जस कारण खोला तर्दा पुलको वरिपरीको देखिने डण्डीकै अड्कलको भरमा वारपार गर्नुपर्ने बाध्यता छ ।

वर्षासँगै खोलामा पानीको बहाव बढेपछि समस्या भएको हो । गाउँपालिकाले पुलमाथि र तल भरिएको लेदोसहितको बालुवा हटाएर खोलालाई पुल तलबाट बग्ने अवस्था सृजना गरेमा आउजाउमा सहज हुने स्थानीय यमबहादुर जोती बताउँछन् ।

चनौटेको रातो पुल बगाएपछि महांकाल हुँदै हेलम्बुको १, २ र ७ नम्बर पुग्न गोरे खोलाबाहेक अर्को विकल्प छैन । पुलको अवस्था के छ भन्नेबारे अनविज्ञ हुँदा सवारी साधनलाईसमेत समस्या परिरहेको छ । ‘कतै खाल्डा छ कि भन्ने भयले सवारी चलाउनुपर्छ,’ सवारी चालक मिङमार लामाले भने, ‘दुर्घटना हुन सक्ने डर उत्तिकै छ ।’ न्यूजकारखाना

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ५ : ०९ बजे

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड