किन खाने पोलेको मकै ? यस्ता छन् ९ फाइदा « Khabarhub

किन खाने पोलेको मकै ? यस्ता छन् ९ फाइदा


३० भदौ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पोलेको मकै, त्यसमाथि नुन र हरियो खुर्सानी पिसेर त्यसमा दलेर खादाँको यसको स्वाद कसलाई मन नपर्ला र ? अहिले पनि वर्षायाम जारी छ । यो मौसममा कतिपय मानिस तातो–तातो मकै खान मन रुचाउँछन् । यो मौसममा पोलेको मकै खादाँ धेरै फाइदा पाउन सकिन्छ ।

पोलेको मकै खादाँ यसले स्वादमा धेरै प्रकारको फाइदा हुन्छ । मकै पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्दछ । यस बाहेक पोलेको मकैं खानुको के छ त फाइदा ?

– पोलेको मकै क्यारेटोनोइड र भिटामिन एको राम्रो स्रोत हो ।
– यसमा पाइने पर्याप्त मात्राको एन्टिअक्सिडेन्टले बढ्दो उमेरको लक्षणलाई रोक्छ ।
– पोलेको मकैमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरसँग लड्न मद्दत गर्छ ।
– पोलेको मकैले बच्चाहरूको शारीरिक र मानसिक विकासमा फाइदाजनक मानिन्छ ।
– यसमा कोलेस्ट्रोलको मात्रा नगन्य हुन्छ, त्यसैले पोलेको मकै खाँदा मुटु स्वस्थ रहन्छ ।
– मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्दा रुघाखोकीमा फाइदा हुन्छ ।
– साथै यसले खोकी लागेको पनि निको हुन्छ ।
– मकै खाइसकेपछि त्यसको खोया भाँचेर सुँघ्दा रुघाखोकी पनि निको हुन्छ ।
– पोलेको मकै खाँदाँ दाँत बलियो हुन्छ ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  २ : ३० बजे

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,