यस्तो छ दशैँमा लगाइने टीका र जमराको महत्त्व !  « Khabarhub

यस्तो छ दशैँमा लगाइने टीका र जमराको महत्त्व ! 


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निलो र सफा आकाश । तालु पोल्ने घाम । वर्खा सकिएर भर्खरै सुकिलो बनेका बाटोहरू । ऋतुले नै दसैँ बोलाएको जस्तै ।

खुलेको आकाश । खेतमा लहलह धानका बाला । बारी भरी कोदाको कपानी अनि फुल्नै लागेका सयपत्रीका गुच्छाहरू । साँच्चि नयाँ ऋतु र दसैँ मनाउने महिना पनि रमाइलो छ । कवि शिरोमणि लेखनाथ पौडेलले कवितामार्फत व्यक्त गरेका छन्– ‘हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा, भवानीको भयो पूजा आनन्दको वर्षा ।’ दसैँलाई नेपालीहरूले राष्ट्रिय तथा महान् पर्वका रूपमा मनाउँदै आइरहेका छन् ।

वसन्त ऋतु सकिएसँगै शरद ऋतुको सुरुवातमा पर्छ दसैँ । अहिले देशदेखि विदेशसम्मका मानिसहरू वडा दसैँको शुभकामना आदानप्रदान गरिरहेका छन् । राजतन्त्रको अन्त्यसँगै वि.स. २००७ सालपछि राष्ट्रका प्रमुखले विजयादशमीको शुभकामना दिन थालेको संस्कृतविद् सत्यमोहन जोशी बताउँछन् । ‘बर्मामा बसेका नेपाली मूलका नेपालीहरूलाई पनि जसको जन्मभूमि र कर्मभूमि बर्मा भए पनि पितृ भूमि पनि बर्मा भए पनि उसको पुर्खौली नाताले नेपाली’ उनले भने ‘त्यस कारण दसैँ सबैका निम्ति प्रिय हो ।’

नेपालमा भने पुर्खौली, कुल वंश र वर्तमानका रूपमा पनि दसैँको निकै महत्त्व रहेको जोशीको भनाइ छ । उनका अनुसार दसैँ भनेको नेपालभित्र रहेका नेपालीहरूका लागि मात्र होइन विश्वका जुनसुकै देशमा छरिएर रहेका नेपालीहरूका लागि महान् पर्व हो । दसैँको महत्त्व वर्ष दिनमा आफन्त, इष्ट मित्रबिच सौहाद्रपुर्ण सम्बन्ध स्थापित गर्ने मेलोका रूपमा पनि लिइन्छ दसैँलाई ।

अझ भन्नुपर्दा दसैँले ठुलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । सोह्र श्राद्ध सुरु भएसँगै पितृलाई सम्मान स्वरूप श्राद्ध गर्ने गरिन्छ । सोह्र श्राद्धको अन्त्यसँगै नौरथा सुरु हुन्छ । जसलाई घटस्थापना पनि भनिन्छ । दसैँमा विशेष गरी दुर्गाको पूजा गरिन्छ ।

दुर्गालाई शक्तिकी प्रतिकका रूपमा पनि लिइन्छ । टीका र जमराको महत्त्व परम्पराअनुसार फरक रङका टीका हरेकका निधारमा देखिन्छन् विजयादशमी अर्थात् टीकाका दिन । दशमीमा टीकाको निकै महत्त्व रहेको संस्कृतिविद्हरूको भनाइ छ । दुर्गा भगवतीलाई  मन पर्ने भएकाले जमराको रूपमा जौंको प्रयोग गरिने प्रचलन पनि छ ।

आफ्नो घर सधैँ प्यारो हुन्छ । परिवार र मान्यजनका हातबाट टीका थाप्नु सौभाग्यको कुरा पनि हो । निधारमा रातो टीका पुरुषले शिरमा ढाकाको टोपी र कानमा जमरा सिउरिन्छन् । त्यस्तै महिलाहरूले चुल्ठीमा जमरा राखेर पिङ खेल्न हिँड्ने गर्छन् ।

जमराले नेपालीको धार्मिक आस्था र सांस्कृतिक महत्त्वलाई झल्काउँछ । अन्य समयमा निधारमा टीका लगाउँदा विभिन्न प्रकारका मौसमी फुलहरू प्रयोग गरिए पनि दसैँमा अधिकांशले जमराकै प्रयोग गर्छन् । त्यस कारण पनि दसैँमा टीका र जमराको महत्त्व उत्तिकै छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ११ : ०० बजे

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध