दुर्लभ सानो खैरो गिद्धको अनुसन्धान | Khabarhub Khabarhub

दुर्लभ सानो खैरो गिद्धको अनुसन्धान


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा रहेका विश्वमै दुर्लभ मानिएको सानो खैरो गिद्धको अनुसन्धान गरिएको छ ।

शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी अनुसन्धान टोलीले दुई दिन गिद्धको अवस्थाबारे अनुसन्धान  गरेको हो ।

जर्मनका ट्रोस्टेन प्रोहेल र क्याट्रिन प्रोहेलसहित सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जका नेचर गाईड यमनारायण महतोको टोलीले उक्त गिद्धको बासस्थान, आहारा र सङ्ख्याबारे अनुसन्धान गरी बिहीबार फर्किएको शुक्लाफाँटाका नेचर गाइड सुमन चौधरीले बताए ।

‘अनुसन्धानकर्ता विदेशी पाहुनको टोली खयरकन्द्रा सामुदायिक घरवास (होमस्टे)मा दुई दिन बसेर निकुञ्जको मध्यवर्ती क्षेत्रमा अनुसन्धान गरी फर्किएको छ’, उनले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको वरपरका सामुदायिक वनमा सानो खैरो गिद्धको बासस्थान रहेको छ ।’

सुरुका दिनमै सानो खैरो गिद्ध देख्न पाए पछि उत्साहित भएका उनीहरूले यसको संरक्षणका लागि सम्बद्धपक्षले चासो दिनुपर्ने नेचर गाईड चौधरीले बताए । अनुसन्धानकर्ताले निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रकृति, पन्छी र मानवबीच घनिष्ट सम्बन्ध रहेको र यस्तो सम्बन्ध नेपालभरको बसाईमा अन्त देख्न नपाएको बताएका थिए ।

उक्त टोलीले चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी, दाङ, बर्दिया, कैलाली, कञ्चनपुरलगायत नेपालको हिमाली क्षेत्र मध्यपोखरा र मुस्ताङसम्म पुगेर पनि अनुसन्धान गर्ने बताइएको छ । उक्त गिद्ध नेपाललगायत दक्षिणपूर्वी एशियामा पाइने गरेको छ । यस प्रजातिका गिद्ध ३५० मिटरदेखि एक हजार ५२५ मिटरसम्मको उचाइमा पाइने गर्दछ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ८ : १९ बजे

अमेरिकाद्वारा अन्तरिम सरकारको स्वागत, चुनावमा सघाउने वचन

काठमाडौं– नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा अमेरिकाले

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै चिनियाँ विदेश मन्त्रालयले भन्यो– नेपालीको इच्छाअनुसार सघाउन तयार छौँ

काठमाडौं– उत्तरी छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

नागरिक उनमुक्ति पार्टीका संरक्षक रेशम चौधरीबाट पार्टी परित्याग गरेको घोषणा (भिडियोसहित)

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेको

सुरेन्द्र पाण्डेले भने– अब पार्टीहरू व्यापक पुनर्गठन हुनुपर्छ

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकमा राजनीतिक स्थिरता, शान्ति,

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।