काशीरामको चुल्हो बल्न छाड्यो « Khabarhub

काशीरामको चुल्हो बल्न छाड्यो


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको पाटन नगरपालिका–६ पाटनबजार नजिकै घर भएका काशीराम भुल ५९ बर्षका भए । तर झट्ट हेर्दा उनी ७० बर्ष नाघेका जस्ता देखिन्छन् । जीवनभरी मजदुरी गरेका उनले कहिले पनि पोषणयुक्त खाना खान पाएनन् । उनले १२ बर्षको उमेरदेखि मजदुरी गर्न थालेका हुन् । ट्रकमा सामान लोड–अनलोड गर्नेदेखि निर्माण कार्यहरूमा रातदिन काम गरे । तर उनी एक बर्षदेखि काम गर्न नसक्ने भएका छन् । मजदुरीमा जान नसक्ने भएसँगै उनीसँग मागेर खानुको विकल्प रहेन । जुन उनी कहिल्यै चाहदैन थिए ।

उमेर ढल्किदैँ गएपछि काम गर्न सकेनन् मागेर खान उनले जानेनन् जसका कारण उनको घरमा अचेल चूलो बल्न छाडेको छ । चुहिन छानोे भएको सानो घर ९झुप्रो० मा बस्ने भुल दम्पती दुवैजना अहिले बिरामी छन् । उपचार गर्ने पैसा नहुँदा कुन रोग लागेको हो भनेरसम्म उनीहरूलाई थाहा छैन । उनीहरूलाई सधैँ ज्वरो आउने र रुघाखोकी लागिरहन्छ ।

भुलले भने, ‘नजिकका स्वास्थ्य चौकीमा उपचारका लागि गएका थियौं, धनगढी अथवा काठमाडौंको ठुलो अस्पताल जानुस् भन्यो । उता पुग्ने क्षमता छैन, गाडीको टिकट काट्नसम्म पैसा छैन ।’

भुल दम्पतिका चार छोरा समेत छन् । दुई छोरा साना बालखै छन् भने दुईजना भारतमा मजदुरी गर्छन् । तर छोराहरू कमाएको पैसाले मदिरा सेवन गरेर सिध्याउने उनीहरू बताउँछन् । ‘हामीलाई अहिलेसम्म एक रुपैयाँ दिएका छैनन्,’ काशीरामले भने । काशीराम उपचार सहयोगका लागि सिफारिस पत्र बोकेर १०–२० रुपैयाँ माग्दै हिडिरहेका छन् । न्यूज कारखाना

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ४ : १५ बजे

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश