लिम्बू समुदायको दसैँ मान्ने परम्परा लोप हुँदै « Khabarhub

लिम्बू समुदायको दसैँ मान्ने परम्परा लोप हुँदै


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– विगतका वर्षहरूमा लिम्बू समूदायको दसैँ मार हन्ने र धुमधामसंग दसैँ मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र शुरु भएपछि नगरा (दमाहा बाजा) बजाउनेदेखि दसैँमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दसैँ मान्न परम्परा रहिआएको थियो । तर, आजभोलि लिम्बू समुदायले मान्ने दसैँ परम्परा हराउँदै गएको छ ।

विगतमा किपोट, सुब्बा, बैदार, सुभाङ्गीजस्ता प्रथा तथा परम्पराको लोपभएसँगै लिम्बुहरूको दर्सैँ मान्ने संस्कृति पनि लोप हुदै गएको हो । आधुनिकतासँगै पुरानो परम्परालाई पछिल्ला पुस्ताले निरन्तरता नदिँदा तथा धार्मिक निरपेक्षता र स्वतन्त्रताको विषयमा बहस सुुरु हुन थालेपछि निश्चित समुदाय साथै धर्मविशेष चाडपर्वका रूपमा हेरिन थालिएकाले पनि परम्परागत संस्कार, संस्कृति र चलन हराउँदै जान थालेको पाइएको छ । लिम्बू समुदायले सांस्कृतिक सद्भावका रूपमा भने दसैँ पर्व मनाउने गरेको पाइन्छ ।

हाल धर्म विशेष संस्कार वा चाडपर्वहरू आपसी सद्भाव तथा सहिष्णुता कायम गर्नका लागि फरक–फरक धर्मावलम्बीले पनि साथ दिने अर्थात मनाउने गरेका छन् । गैर हिन्दू अर्थात फरक धर्मावलम्बी वा समुदायले त्यस्ता चाडपर्वहरू मनाउने गर्नाले कतिपय पर्वहरू साझाजस्तै पनि बन्दै गएको देखिन्छ । तर, पुरानो प्रचलनमा भन्दापनि आधुनिक ढाँचा र शैलीमा त्यस्ता चाडपर्व मनाउने गरिएको छ ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा लगायतका जिल्लामा बसोबास गर्ने लिम्बू समूदायले दसैँ पर्व दही अक्षताको सेतो टीका र जमरा लगाएर मनाउने गरेका छन् ।

सुब्बाको प्रतीक स्वरुप निशान प्रदर्शनसमेत गर्ने गरेका छन् । पहिलेपहिले भव्य रूपमा सेतो टीका जमरा लगाएर साथै निशान प्रदर्शन गरेर र मार काटेर दसैँ पर्व मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेका छन् । हाल सांस्कृतिक सद्भावका रूपमा मात्र दसैँ मनाउँदै आएको लिम्बू समुदायका बौद्धिक तथा अगुवाहरूको भनाइ छ ।

आधुनिकतासँगै हाल लिम्बू समुदायले मनाउँदै ल्याएको दसैँ पर्व टीकाको दिन आफूभन्दा सानालाई दही अक्षताको सेतो टीका लगाई आशिर्वाद दिने साथै आफ्नो गच्छेअनुसार दक्षिणा दिने चलन छ । यसरी आफन्त, नातेदार तथा परिवारका सदस्यहरू जुटेर दसैँ पर्व मनाउने गरिए पनि लिम्बू समुदायका अगुवाले दसैँैँ सामाजिक तथा सांस्कृतिक सद्भावका लागि मात्र मनाउँदै आएको बताउँछन् ।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वाले राजा पृथ्वीनारायण शाहका पालामा राज्य एकीकरणसँगै धार्मिक एकीकरणका निम्ति सबै समुदायलाई दसैँ मनाउन र टीका लगाउन बाध्य बनाइएको बताए ।

राज्य एकीकरणका क्रममा लिम्बू सुब्बाहरूलाई नगरा, निशान, किपोट, सुभाङ्गीजस्ता अधिकार दिइएको र दसैँ नमनाए सबै जिम्मावाल अर्थात अधिकार खोसिने भनेपछि लिम्बूले बाध्य भएर दसैँमा टीका लगाएको इतिहास भएको पालुङ्वा बताउँछन् ।

सुरुमा राँगा, बाख्राजस्ता चौपायाको मार काट्ने (बलि दिने) संस्कारसँगै रगतले मुछिएको रातो लगाउने चलन रहँदै आएकोमा राज्यको विकास क्रमसँगै पछि अधिकार क्रमशः खोसिँदै लगिएपछि लिम्बू समुदायले सेतो टीका लगाउन थालेको पनि अग्रजहरू बताउँछन् ।

लिम्बूलाई सुरुमा दिइएको अधिकार खोसिएपछि सो इतिहासको सम्झाना स्वरुप अहिले लिम्बूले दही अक्षताको सेतो टीका लगाउन थालेको अग्रजको भनाइ छ । लिम्बू किराँत समुदायको चाड नभए पनि साँस्कृतिक सद्भावकै लागि दसैँ मनाउँदै आएको किराँत धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङका सचिव ज्ञानु फुरुम्बो लिम्बूले बताए ।

पछिल्लो समय लिम्बू समूदायमा चेतनाको विकास हुँदै गएपछि दसैँैँमा सेतो टीका र जमरा लगाउने तथा पञ्चावली गर्ने चलन अधिकांशले छोड्दै गएका लिम्बूको भनाइ छ । न्यूज कारखाना

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ८ : ०० बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम