गाउँ गाउँमा प्रविधिको विस्तार गर्दै वालिङ « Khabarhub

गाउँ गाउँमा प्रविधिको विस्तार गर्दै वालिङ


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले गाउँ गाउँमा प्रविधिको विस्तारलाई जोड दिएको छ ।

स्मार्ट सिटी निर्माणका लागि नगरले तयार पारेको १०६ वटा सूचकमध्ये ‘कनेक्टिभिटी’ एउटा सूचक रहेकाले सोही अन्तर्गत नागरिकहरुमाझ प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्य अनुसार कार्य भइरहेको नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए। “विश्व समुदायले आधुनिक प्रविधिहरुको उच्चतम प्रयोगबाटै नयाँ नयाँ आविष्कारहरु गर्दै अगाडि बढिरहेका छन्”, प्रमुख खाँणले भने, “स्मार्ट सिटी निर्माणका लागि पनि नयाँ नयाँ प्रविधिहरुको प्रयोगबाटै सेवा प्रवाह हुनु आवश्यक रहेको छ ।”

नगरपालिकाका १४ वटा वडाहरुमध्ये पहिलो चरणमा नगरपालिका कार्यालय, वडा कार्यालय र नगरका १७ वटा स्वास्थ्य संस्थाहरुमा फाईबर ईन्टरनेट विस्तार गरिसकेको प्रमुख खाँणले बताए ।

दोस्रो चरणमा नगरका सम्पूर्ण विद्यालयहरु, सरकारी संघ संस्था तथा कार्यालयहरु र तेस्रो चरणमा १४ वटै वडाका ३१० वटा गाउँ गाउँमा इन्टरनेटको सहज पहुँच पुर्याउने गरी काम भइरहेको छ ।

“वडा कार्यालयहरु, सरकारी कार्यालयहरु, स्वास्थ्य संघ संस्थाहरु, विद्यालयहरुमा फाईबर इन्टरनेट जडान गरेर प्रविधिमैत्री सेवा उपलब्ध गराउने कार्य भईरहेको छ”, प्रमुख खाँणले भने, “प्रविधिको प्रयोगमार्फत कार्यालयहरुले सेवा उपलब्ध गराउने र सेवाग्राहीले विभिन्न एप्स तथा डिजिटलमाध्यमबाट सेवा शुल्क भुक्तानी गर्ने सफ्टवयरको विकास गरेका छौं जसले सेवाग्राहीलाई सेवा लिन कार्यालयमा आईरहनुपर्ने झण्झट पनि हुँदैन ।”

नगरका १४ वटै वडामा नेपाल टेलिकमको ‘फाईबर लिज लाईन कनेक्टिभिटी’ जडान गरिसकिएको छ भने वल्र्डलिंक कम्पनीको लाइन पनि जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख ईञ्जिनियर प्रकाश अर्यालले बताउनुभयो । “नगरभित्रका १७ वटा मावि तहका सामुदायिक विद्यालय, १७ वटा स्वास्थ्य संस्थाहरु र सरकारी संघ संस्था तथा कार्यालयहरुमा वल्र्डलिंकको फाईबर इन्टरनेट जडान सम्पन्न भईसकेको छ” इञ्जिनियर अर्यालले भने, “अब ५६ वटा सामुदायिक आधारभूत विद्यालयहरुमा इन्टरनेट विस्तारका लागि काम भईरहेकाले तिहार लगत्तै सकिन्छ ।” वल्र्डलिङ्कले सबै कार्यालय तथा विद्यालयहरुमा १० एमबिपिएस क्षमताको इन्टरनेट दुई वर्षसम्म निःशुल्करुपमा उपलब्ध गराउने सम्झौता भएको उनले जानकारी दिए। स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको नगरपालिकाले कागजी प्रक्रियाहरुलाई कम गर्दै विस्तारै ‘पेपरलेस’ पद्धतिमार्फत सेवा लिन नागरिकहरुलाई अभिप्रेरित गर्न खोजेको छ ।

डिजिटल पद्धतिमार्फत नागरिकहरुलाई सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधि तथा कर्मचारीहरुलाई ‘विद्युतीय हाजिरी’ का लागि क्रिप्टो टोकन समेत उपलब्ध गराईसकेको छ । वालिङका नागरिकलाई कार्यालयमा उपस्थित नभएरै पनि सेवा लिन पाउने र डिजिटल माध्यमबाटै भुक्तानी गर्न मिल्ने ब्यवस्था मिलाएको छ । नगरपालिकाले प्रदान गर्ने सेवाकाबारेमा नागरिकलाई जानकारी गराउनुकासाथै टोल टोलमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने नीति तथा कार्यक्रम अगाडि सारेको छ । रासस

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ९ : २० बजे

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको