कोरोना संक्रमितको संख्या २५ करोड ४० लाख नाघ्यो « Khabarhub

कोरोना संक्रमितको संख्या २५ करोड ४० लाख नाघ्यो


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोनाका कुल संक्रमितको संख्या २५ करोड ४० लाख नाघेको छ ।

ओर्ल्डोमिटरको पछिल्लो विवरणअुनसार पछिल्लो पटक ३ लाख ४० हजार ३९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ करोड ४० लाख ८ हजार २ सय पुगेको छ ।

तीमध्ये हालसम्म २२ करोड ९६ लाख ५९ हजार ९९१ जना निको भइसकेका छन् भने ५१ लाख १४ हजार ९४२ जनाको मृत्यु भएको छ ।

हाल विश्वभर सकृय संक्रमितको संख्या एक करोड ९२ लाख ३३ हजार २६७ रहेको छ ।

पछिल्लो विवरणअनुसार अमेरिकामा १९ हजार ४४३, रुसमा ३८ हजार ८२३, बेलायतमा ३६ हजार ५१७, टर्कीमा २१ हजार ६२४ र ब्राजिलमा ४ हजार १२९ जना संक्रमित थपिएका छन् ।

यही अवधिमा रुसमा एक हजार २१९, टर्कीमा १८९ र अमेरिकामा ११० जना गरी ४ हजार ३९७ संक्रमितले ज्यान गुमाएका छन् ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : १० बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र