अझै नियन्त्रणमा आएन कपिलवस्तुको हैजा, साढे दुई लाख डोज खोप लगाइँदै « Khabarhub

अझै नियन्त्रणमा आएन कपिलवस्तुको हैजा, साढे दुई लाख डोज खोप लगाइँदै


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणको लागि मंसिरको पहिलो सातादेखि खोप लगाइने भएको छ ।

खुला दिसामुक्त उन्मुख कपिलवस्तुको पाँच स्थानीय तहमा १८ असोजदेखि फैलिएको हैजाले आधादर्जन मानिसको ज्यान गइसकेको छ ।

हैजाको जोखिम निरन्तर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट उपलब्ध ‘ओरल कोलोरा भ्याक्सिन’ खुवाउने तयारी भएको हो ।

कृष्णनगर नगरपालिकामा १८ असोजदेखि फैलिएको हैजा शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकासम्म पुगेको छ ।

यी स्थानका एक वर्षदेखिमाथि उमेर समूहकालाई १४ दिनको फरकमा दुई पटक भ्याक्सिन खुवाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । ५ मंसिरमा यशोधरा गाउँपालिकाबाट हैजाविरुद्धको खोप अभियान सुरू गर्ने तयारी भइरहेको छ । बाँकी चार पालिकामा ७ मंसिरदेखि खोप अभियान सन्चालन हुनेछ ।

साढे दुई लाखलाई हैजाविरुद्धको खोप

विश्व स्वास्थ्य संगठनले पहिलो डोजको लागि दुई लाख ५२ हजार तीन सय ६३ भाइल खोप उपलब्ध गराउने भएको हो । खोप आइतबार नै काठमाडौं आइपुगेको छ ।

जिल्ला खोप समन्वय समितिको बैठक बसेर प्रभावित पालिकामा दिने कोटा समेत निर्धारण भइसकेको छ । कोटाअनुसार यशोधरा गाउँपालिकामा ३७ हजार सात सय ८३, महाराजगन्ज नगरपालिकामा ५३ हजार एक सय ५६, कृष्णनगर नगरपालिकामा ६० हजार सात सय ४३, शिवराज नगरपालिकामा ६४ हजार सात सय ७८ र विजयनगर गाउँपालिकामा ३५ हजार नौ सय तीन डोज खोप वितरण हुने स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए ।

शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी ६ दिनसम्म लगातार खोप अभियान सञ्चालन गर्ने समितिले निर्णय गरेको छ । प्रकोप फैलिएको पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसी खोप लगाउनेसँगै नियन्त्रणका योजना पनि बनाएको हैजा प्रभावित शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले बताए ।

खोप लगाउन चुनौतीपूर्ण

हैजा प्रभावित क्षेत्रमा खोप खुवाउनु निकै चुनौतिपूर्ण रहेको छ । मधेसी समुदायको बाहुल्यता रहेका यी क्षेत्रमा स्वास्थ्य तथा सरसफाइलाई धेरै महत्व नदिने हुनाले खोप कार्यक्रम निकै चुनौतिपूर्ण हुने अनुमान छ । प्रभावित क्षेत्रमा खोप लगाउन प्रोत्साहन गर्न जिल्ला खोप समन्वय समितिले १४ योजना निर्माण गरेको जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद खनालले बताए ।

हैजाको उपचार गर्न अस्पताल आउने घटे

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आइतबार साँझ ६ बजेसम्म शिवराज अस्पताल बहादुरगन्जमा एक हजार तीन सय ७१ जना, बैदौली स्वास्थ्य चौकीमा ९० जना र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए ।

हैजाका कारण जिल्लामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । अस्पतालमा भने अहिलेसम्म कसैको ज्यान नगएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांक छ ।

‘केही दिन कम भएको थियो, तिहारपछि औसत ६ जना बिरामी दैनिक उपचारका लागि आउने गरेका छन्, २८ कात्तिकदेखि उपचारका लागि आउने बिरामी शून्य रहेको शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले बताए ।

यता, ग्रामीण क्षेत्रका बस्तीहरूमा हैजाका लक्षण देखिएका बिरामी छिटपुट मात्र देखिने गरेको कालिका स्वावलम्बन सामाजिक केन्द्रका सामुदायिक परिचालक पृथ्वीपाल तेलीले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ३ : ३८ बजे

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन पाँचौँमा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल