राराको किनाराबाट अमेरिकी राजदूत बेरीको जलवायु परिवर्तनबारे सन्देश « Khabarhub

राराको किनाराबाट अमेरिकी राजदूत बेरीको जलवायु परिवर्तनबारे सन्देश


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरी रारा तालको भ्रमणमा छन् । उनले राराको मनमोहक प्राकृतिक सौन्दर्यको आनन्द लिइरहेका छन् । उनले राराकै किरानाबाट नमस्ते भन्दै जलवायु परिवर्तन्बारे सन्देश दिएका छन् ।

उनले भनेका छन्, ‘विश्वका विभिन्न देशका नेताहरूको सहभागितामा हालै भएको कोप२६ सम्मेलनमा नेपाल सरकारले वनक्षेत्र बढाउने र मिथेन ग्याँस घटाउने लगायतको महत्वाकांक्षी प्रतिवद्धताहरू व्यक्त गरेको छ। अमेरिका, संयुक्त अधिराज्य, तथा अस्ट्रेलियाले पनि विश्वको तापक्रम १.५ डिग्री सेल्सियस भन्दा बढ्न नदिनेगरी विभिन्न कदमहरू चाल्ने प्रतिवद्धताहरू व्यक्त गरेका छन्, जुन कदमहरू संसारलाई अपूरणीय क्षतिबाट बचाउन महत्वपूर्ण हुनेछ।’

उनले यात्राका क्रममा फोहोर नगर्ने, प्लास्टिकको प्रयोग नगर्ने र शाकाहारी भोजनमात्र गर्ने प्रतिवद्धतासमेत गरेका छन् । उनले भनेका छन्, ‘मसँगै आउनुभएका साथीहरू र म यो यात्रामा एकपटक मात्रै प्रयोग हुने प्लास्टिक प्रयोग नगर्ने, फोहोरमैला घटाऊने र शाकाहारी भोजन मात्रै गर्ने कुरामा प्रतिवद्ध छौं।’

उनले जलवायु परिवर्तनको असरलाई कम गर्न हरेक व्यक्तिले सोच्नुपर्नेसमेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कहिलेकाहीं म झसङ्ग भएर सोच्ने गर्छु – हामीले साँच्चै केही गर्न सकिएला त ? सँगै के एउटा मात्रै देशको ग्रीनहाउस ग्याँस घटाउने प्रतिवद्धताले खासै ठुलो फरक पर्ला त ? मलाई लाग्छ यी दुईवटै प्रश्नको उत्तर सकिंदैन हुन्छ होला। कम्तिमा अहिलेको समय जहाँ हामी जलवायु परिवर्तनको यो मोडमा आइपुगेका छौं, मा त पक्कै नकारात्मक उत्तर होला।’

उनले पृथ्वी जोगाउने काम व्यक्तिगत र सरकारी तह दुबैमा हुनुपर्ने बताएका छन् । उनी भन्छन्, ‘हामी सवै यो पृथ्वी नामको घरमा सँगै बस्छौं, र यो घर साह्रै गजबको र दर्शनीय छ। त्यसैले हाम्रा प्रयासहरू पनि दुवै तहमा हुनुपर्‍यो, हाम्रो दैनिक जीवनमा एक व्यक्तिको रूपमा तथा विश्वस्तरमा देशको रूपमा। त्यसैले अबदेखि म प्लास्टिकका बोतलहरू प्रयोग भएका पेय पदार्थहरू प्रयोग गर्नेछैन, मलाई विश्वास छ कि हामीले गर्ने सक्दो प्रयास जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न महत्वपूर्ण छ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ९ : ५१ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको