राराको किनाराबाट अमेरिकी राजदूत बेरीको जलवायु परिवर्तनबारे सन्देश « Khabarhub

राराको किनाराबाट अमेरिकी राजदूत बेरीको जलवायु परिवर्तनबारे सन्देश


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरी रारा तालको भ्रमणमा छन् । उनले राराको मनमोहक प्राकृतिक सौन्दर्यको आनन्द लिइरहेका छन् । उनले राराकै किरानाबाट नमस्ते भन्दै जलवायु परिवर्तन्बारे सन्देश दिएका छन् ।

उनले भनेका छन्, ‘विश्वका विभिन्न देशका नेताहरूको सहभागितामा हालै भएको कोप२६ सम्मेलनमा नेपाल सरकारले वनक्षेत्र बढाउने र मिथेन ग्याँस घटाउने लगायतको महत्वाकांक्षी प्रतिवद्धताहरू व्यक्त गरेको छ। अमेरिका, संयुक्त अधिराज्य, तथा अस्ट्रेलियाले पनि विश्वको तापक्रम १.५ डिग्री सेल्सियस भन्दा बढ्न नदिनेगरी विभिन्न कदमहरू चाल्ने प्रतिवद्धताहरू व्यक्त गरेका छन्, जुन कदमहरू संसारलाई अपूरणीय क्षतिबाट बचाउन महत्वपूर्ण हुनेछ।’

उनले यात्राका क्रममा फोहोर नगर्ने, प्लास्टिकको प्रयोग नगर्ने र शाकाहारी भोजनमात्र गर्ने प्रतिवद्धतासमेत गरेका छन् । उनले भनेका छन्, ‘मसँगै आउनुभएका साथीहरू र म यो यात्रामा एकपटक मात्रै प्रयोग हुने प्लास्टिक प्रयोग नगर्ने, फोहोरमैला घटाऊने र शाकाहारी भोजन मात्रै गर्ने कुरामा प्रतिवद्ध छौं।’

उनले जलवायु परिवर्तनको असरलाई कम गर्न हरेक व्यक्तिले सोच्नुपर्नेसमेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कहिलेकाहीं म झसङ्ग भएर सोच्ने गर्छु – हामीले साँच्चै केही गर्न सकिएला त ? सँगै के एउटा मात्रै देशको ग्रीनहाउस ग्याँस घटाउने प्रतिवद्धताले खासै ठुलो फरक पर्ला त ? मलाई लाग्छ यी दुईवटै प्रश्नको उत्तर सकिंदैन हुन्छ होला। कम्तिमा अहिलेको समय जहाँ हामी जलवायु परिवर्तनको यो मोडमा आइपुगेका छौं, मा त पक्कै नकारात्मक उत्तर होला।’

उनले पृथ्वी जोगाउने काम व्यक्तिगत र सरकारी तह दुबैमा हुनुपर्ने बताएका छन् । उनी भन्छन्, ‘हामी सवै यो पृथ्वी नामको घरमा सँगै बस्छौं, र यो घर साह्रै गजबको र दर्शनीय छ। त्यसैले हाम्रा प्रयासहरू पनि दुवै तहमा हुनुपर्‍यो, हाम्रो दैनिक जीवनमा एक व्यक्तिको रूपमा तथा विश्वस्तरमा देशको रूपमा। त्यसैले अबदेखि म प्लास्टिकका बोतलहरू प्रयोग भएका पेय पदार्थहरू प्रयोग गर्नेछैन, मलाई विश्वास छ कि हामीले गर्ने सक्दो प्रयास जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न महत्वपूर्ण छ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ९ : ५१ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति